विभेदले श्रम क्षेत्रमा महिलाहरुलाई समस्या : कोइराला

२४ फाल्गुन २०७०, शनिबार १३:०५ मा प्रकाशित

काठमाडौं, २४ फागुन । कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले महिला र पुरुषबीचको विभेदका कारण श्रम क्षेत्रमा रहेका महिलाले धेरै अप्ठ्यारोको सामना गर्नु परिरहको बताएकी छन् ।
राजधानीमा आज (शनिबार) आयोजित कार्यक्रममा कोइरालाले महिलालाई सरकारी तथा निजी क्षेत्रका संस्थाले विशेष सुविधा दिनुपर्ने माग गरिन् । ‘पुरुष र महिलाबीचको विभेदले महिलालाई काम गर्न कठीनाइ छ,’ उनले भनिन्, ‘हरेक क्षेत्रमा महिलालाई विशेष सुविधा दिइनु पर्छ ।’
उनले सरकार, राजनीतिक दल तथा संघ संस्थाहरुले महिलाको सहभागिता ३३ प्रतिशतबाट घटाएर यस पटक २६ प्रतिशतमा झारेकोमा पनि गुनासो गरिन् ।
नेत्री कोइरालाले नेताहरुमा परम्परागत सोंचमा परिवर्तन आउनु पर्ने बताइन् । ‘नेतादेखि कार्यकर्तासम्म सोंचमा परिवर्तन ल्याउनु अनिर्वाय भएको छ,’ उनले भनिन् ।
यसैबीच, कार्यक्रमकी प्रमुख अतिथि कोइरालाको आलोचना भएको छ । निर्धारित समय भन्दा झण्डै दुई घण्टा ढिला कार्यक्रममा पुगे पछि उनको आलोचना भएको हो । कार्यक्रमका वक्ताहरुले प्रमुख अतिथि भएर पनि ढिलो आएको भन्दै उनको आलोचना गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।