जनजाति महासंघद्धारा ३ दिने नेपाल बन्दको घोषणा

१२ बैशाख २०६९, मंगलवार २३:४३ मा प्रकाशित

काठमाडौं, १२ बैशाख । आदिवासी जनजातिको मागलाई बेवास्ता गर्दै संविधान बनाउने प्रयास भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले तीन दिने नेपाल बन्दको घोषणा गरेको छ ।

महासंघका अध्यक्ष राजकुमार लेखीले मंगलबार जारी गरेको बिज्ञप्ति अनुसार यही वैशाख १५ देखि २० गतेसम्म आफुहरुले उठाएको मागका सम्बन्धमा पर्चा अपिल वितरण गर्ने, वैशाख २० देखि २९ गतेसम्म देशव्यापी विरोधसभा गरी यसका बिरुद्धमा लागेका नेताहरुको सम्बन्धमा भण्डाफोर अभियान चलाउने, वैशाख ३० गते मसाल जुलुस प्रदर्शन गर्ने, जेठ १, २ र ३ गते आमहडताल गर्ने, जेठ ५,६ र ७ गते आदिवासी जनजाति राष्ट्रिय राजनीतिक सम्मेलनगर्ने जेठ र जेठ ८देखि १४ गतेसम्म संविधानसभा भवन अगाडी निरन्तर धर्ना र घेराउ गर्ने उल्लेख गरिएको छ ।

प्रमुख दलहरुबीच सात प्रदेश सहितको संघीय संरचनामा सहमति भएको समाचार सार्वजनिक भएदेखि महासंघले दवावमूलक कार्यक्रमहरु सुरु गरेको हो । यसअघि उनीहरुले दलहरुको बैठकस्थल हात्तीबन रिसोर्टमा धर्ना दिने, प्रमुख दलका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउने, मसाल जुलुस र मंगलबार तराई बन्दको आह्वान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार