मलेसिया एयरलाइन्सको विमान सम्पर्क विहीन, दुर्घटनाको आशंका

२४ फाल्गुन २०७०, शनिबार १०:१२ मा प्रकाशित

काठमाडौं, २४ फाल्गुन । मलेसियाको राजधानी क्वालालम्पुरबाट चीनको राजधानी बेइजिङका लागि उडेको मलेसिया एयरलाइन्सको एक विमान सम्पर्क विहीन भएको छ । एयरलाइन्सले दिएको जानकारी अनुसार उक्त विमान २३९ जना सवार रहेका छन् । एयरलाइन्सले एमएच ३७० विमान शनिबार स्थानीय समय अनुसार २ बजेर ४० मिनेटबाट सम्पर्क विहीन भएको जनाएको छ । उक्त विमान बिहान साढे ६ बजे बेइजिङ पुग्नु पर्ने निर्धारित समय तालिका रहेको थियो । सम्पर्क बिच्छेद विमानको तिव्रताका साथ खोजी भइरहेको मलेसिया एयरलाइन्सले जनाएको छ । उडान भरेको २ घण्टापछि विमान सम्पर्क विहीन भएको हो । विमान भियतनामको हवाई क्षेत्रमा हराएको अनुमान गरिएको छ । उक्त विमानमा १४ मुलुकका यात्रुहरु रहेकोमा सबैभन्दा बढी चिनियाँ यात्रु छन् ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय