अम्लीयपनका कारण कृषि उत्पादनमा कमी आउने

२४ फाल्गुन २०७०, शनिबार ०७:०० मा प्रकाशित

पर्वत, २४ फागुन । पर्वत जिल्लाका खेतबारीको माटोमा अम्लीयपन वृद्धि भएका कारण उत्पादनमा कमी आउने भएको छ ।
पर्वत जिल्लाको शंकरपोखरी गाविसमा गरिएको माटो परीक्षणमा माटोमा अम्लीयपन वृद्धि भएको पाइएपछि उत्पादनमा कमी आउने अनुमान गरिएको हो ।

पर्वत जिल्लाको शंकरपोखरीस्थित १ सय ९३ कृषकको खेतबारीको माटो हालै परीक्षण गर्दा माटोको अम्लीयपन वृद्धि भएको पाइएको छ । माटोमा अम्लीयपन अत्यधिक बढ्दै गए कृषि उत्पादनमा समेत नराम्रो असर पर्ने माटो परीक्षणमा संलग्न कृषि प्राविधिकहरू बाउँछन् ।

खेतीयोग्य माटोको पीएच ६.५ देखि ७.५ सम्म हुनुपर्नेमा अधिकांश कृषकहरूको माटोमा पीएच ४.२ देखि ६.४ सम्म (अम्लीयपन) देखिएको स्थलगत माटो परीक्षणमा प्राविधिक सहयोगका लागि शंकरपोखरी आएका क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका वरिष्ठ माटोविज्ञ इन्द्रबहादुर ओलीले जानकारी दिए ।

त्यसैगरी, बोटबिरुवाका लागि आवश्यक तव नाइट्रोजन, फस्फोरस र पोटासको मात्र पनि अत्यन्तै न्यून रहेको पाइएको छ । माटोमा पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्र न्यून देखिएकाले कृषिचुुनको प्रयोग, गहुत, सुधारिएको गोठेमल तथा कम्पोस्ट मलको प्रयोगमा वृद्धि गर्नुपर्ने ओलीले बताए ।

शंकरपोखरी गाविसका कृषकहरूले कमसल गोठेमल प्रयोग गर्ने अव्यवस्थित रासायनिक मलको प्रयोगमा वृद्धि गरेका कारण माटोको बिग्रँदो अवस्था पुगेको प्रारम्भिक रिपोर्टबाट देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९