उपत्यका वन्यजन्तुको प्रमुख व्यापारिक केन्द्र

२४ फाल्गुन २०७०, शनिबार ०६:५१ मा प्रकाशित

काठमाडौं, २४ फागुन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले वन्यजन्तुको प्रमुख व्यापारिक प्रमुख केन्द्रका रूपमा काठमाडौं उपत्यका रहेको जनाएको छ । यसअघि उपत्यकालाई अपराधको मुख्य केन्द्रका रूपमा हेरिने गरिन्थ्यो ।

एक वर्षसम्म गरेको अध्ययनअनुसार विभागले उपत्यकालाई वन्यजन्तुको प्रमुख व्यापारिक केन्द्र भएको घोषणा गरेको हो । विभागका अनुसार वन्यजन्तुको अपराधसम्बन्धी सूचना र तथ्यांक विश्लेषण गर्दा काठमाडौं उपत्यका प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको देखिएको छ ।

काठमाडौं उपत्यकापछि धनगढी, नेपालगन्ज, नारायणगढ, हेटौंडा, पोखरालगायत सहरी क्षेत्रमा पनि वन्यजन्तुको कारोबार हुने गरेको पाइएको छ । तर, नेपालमा एक वर्षको अवधिमा कुनै पनि वनजंगल, निकुञ्ज एवं आरक्षबाट गैंडाको सिकार तथा चोरी हुन नपाएको विभागको दाबी छ ।

गत वर्षको ५ फागुनयताको अवधिमा चितवनलगायत कुनै पनि निकुञ्ज, आरक्ष र जिल्ला वन कार्यालयको क्षेत्र तथा समुदायद्वारा व्यवस्थापन गरिएका वनमा गैंडाको शून्य चोरीसिकार भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभागले ‘गैंडाको शून्य चोरीसिकार ३ सय ६५ दिन एवं विश्व वन्यजन्तु दिवस’ को अवसरमा सो जानकारी दिएको हो । विभागले गैंडाको शून्य चोरीसिकार वर्षलाई ‘जिरो पोचिङ ३६५ डेज’ भनेर मनाएको छ । एक वर्षभरि गैंडा संरक्षण गर्न सफल भएको भन्दै मनाइएको दिवसमा विभागले यो अवधिमा पक्राउ गरिएका वन्यजन्तु तथा वन पैदावारको तथ्यांक पनि सार्वजनिक गरेको छ ।

विभागका अनुसार एक वर्ष अवधिमा बाघको हड्डी १ हजार २ सय ग्राम, गैंडा खाग दुई थान, खुर एक थान, चितुवाको छाला ६ थान, रेडपान्डा छाला ११ थान, दुई थान भरुवा बन्दुक, राइफल एक थान, गोली चार थानलगायतका सामान बरामद गरिएको छ ।

विश्वमा करिब ३२ सय संख्यामा रहेको एकसिङे गैंडा नेपाल र भारतको सीमित निकुञ्ज, आरक्ष र वरिपरि क्षेत्रमा मात्र पाइने विभागले जनाएको छ । नेपालको चितवन राष्ट्रिय निकुञ्ज र भारतको काजिरंगा राष्ट्रिय निकुञ्ज गैंडाको मुख्य बासस्थान हो । विभागले गैंडा संरक्षणका लागि केन्द्रीय स्तरदेखि क्षेत्रीय स्तरका एकाइ खडा गरी कार्य अगाडि बढाइरहेको छ ।

सन् २०११ को गणनाअनुसार नेपालमा गैंडाको संख्या ५ सय ३४ ओटा छ । दिवसका अवसरमा विभागले वन्यजन्तु तथा वन पैदावारसम्बन्धी चोरी सिकार, निकासी तथा अवैध व्यापारमा संलग्न ७ सयभन्दा बढी अभियुक्त पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कानुनी दायरामा ल्याएको जनाएको छ । तर, यस्ता अपराधमा रहेका ३ सय ५० भन्दा बढी फरारको सूचीमा रहेको विभागले तिनको खोजीकार्य तीव्र रूपमा भइरहेको जनाएको छ ।

वन्यजन्तु संरक्षणमा जनस्तरमा अभिवृद्धि भएको चेतनाको स्तर र वन्यजन्तुको चोरीसिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा नेपाल सरकारबाट गठन गरेका तथा भएका निकायबाट प्रभावकारी कार्यसम्पादन भएको निकुञ्ज विभागले निष्कर्ष निकालेको छ । उसले भविष्यमा अझ यसलाई बढी सशक्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ ।

विभागले गंैडाको चोरीसिकार नहुनु र गैंडालगायतका वन्यजन्तुहरू तथा वन पैदावरसम्बन्धी चोरीसिकार/निकासी तथा अवैध व्यापारमा संलग्न ७ सयभन्दा बढी अभियुक्त पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कानुनी दायरामा ल्याउनुलाई सकारात्मक पक्ष मानेको छ । तर, यस्ता अपराधमा संलग्न ३ सय ५० भन्दा बढी फरारको सूचीमा रहनु आफ्ना लागि ठूलो चुनौती भएको उसले जनाएको छ ।

वन्यजन्तुको अपराध संगठित अपराधका रूपमा देखिएकाले यसको नियन्त्रण प्रयासमा पनि सामूहिक प्रयासको खाँचो रहेको विभागले जनाएको छ । वन्यजन्तु अपराधमा संलग्न सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूको सक्रियता र समन्वयमा लामो समयदेखि सर्वाधिक खोजीको सूचीमा रहेका अपराधमा संलग्न व्यक्तिहरू पक्राउ पर्नु वन्यजन्तु चोरी सिकार तथा अवैध व्यापारमा सकारात्मक उपलब्धिका रूपमा लिएको छ ।

१९६० को दशकमा ८ सयको संख्यामा रहेको अनुमान गरिएको गैंडा २०२४र२५ को दशकमा ८१ देखि १ सयमा झरेको अनुमान गरिएको थियो । सरकारले २०२६र२७ मा चितवन राष्ट्रिय निकुञ्जलाई नेपालको पहिलो राष्ट्रिय निकुञ्ज बनाउन स्वीकृति दिएपछि २०२७/२८ सालमा निकुञ्जको प्रारम्भिक काम सुरु भएको थियो ।

सन् २०११ को गणनाबाट नेपालमा गंडाको संख्या ५ सय ३४ रहेको देखिएको छ । एक वर्षमै ३७ ओटासम्म गैंडा चोरसिकारीबाट मारिएको थिए ।

गैंडा, बाघ, हात्ती, हिउँ चितुवा, कस्तूरी, मृग, गौरीगाई, कृष्णसार, बाह्रसिंगे, घडियाल गोहीलगायतका दुर्लभ र महवपूर्ण वन्यजन्तुको संरक्षण गरी नेपालको विभिन्न पारस्थितिकीय प्रणालीको प्रतिनिधित्व हुने गरी संरक्षित क्षेत्रको विस्तार र स्थापना गरी जैविक विविधता संरक्षणको कार्यलाई राज्यले प्राथमिकतामा राखेको छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार