बेल्जियमको निर्वाचनमा नेपाली मूलका खड्कबहादुर केसी उम्मेदबार

२४ फाल्गुन २०७०, शनिबार ००:१३ मा प्रकाशित

बेल्जियम, २४  फागुन । आगामी मे २५ मा हुने बेल्जियमको संसदीय निर्वाचनमा नेपाली मूलका बेल्जिक नागरिक खड्कबहादुर केसी उम्मेदवार भएका छन् ।

बेल्जिक नागरिक खड्कबहादुर केसी सोसलिष्ट पार्टी ग्रुनको तर्फबाट आसन्न संसदीय निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । बेल्जियमको १ सय ५० सदस्यीय संसद सदस्यको निर्वाचनमा केसी प्लान्डर्स क्षेत्रको फ्लेमिस ब्राबान्त जिल्लाबाट उम्मेदवार बनेका हुन् ।

केसीले चुनावी उम्मेदवारी नेपाल चिनाउने सुनौलो अवसर भएको बताए । ‘परिणाम आफ्नो ठाउँमा छ,’ उनले भने, ‘तर, मतदाताले नेपाल चिन्छन् ।’ नेपाली तथा एसियाली नागरिकको बसोबास क्षेत्र भएकाले परिणाम आफ्नो पक्षमा आउनेमा उनी विश्वस्त छन् ।

पश्चिम नेपालको पर्वतका बासिन्दा केसी १६ वर्षदेखि नेपाली मूलका बेल्जियमका नागरिक हुन् । उनी सन् २०१२ मा भएको स्थानीय चुनावमा लुभेन नगरपालिकाको सदस्यमा ग्रुन पार्टीबाट लडेका थिए ।

बेल्जियममा २१ वर्ष पुगेकाले उम्मेदवार बन्न पाउँछन् ।

महिला’पुरुष उम्मेदवार ५०/५० प्रतिशत हुनु पर्ने निर्वाचन प्राणालीमा राजनैतिक दलको लागि प्रत्येक जिल्लामा(सीमित क्षेत्रबाहेक) ५ प्रतिशत थ्रेस होल्ड कायम गरीएको छ । भाषिकरुपमा डच,फ्रेन्च र जर्मन तथा भौगोलिक रुपमा फ्लान्डर्स, वालुन र राजधानी क्षेत्र ब्रसेल्स गरी तस्न किसिमले विभाजित बेल्जियमले यस भन्दा अगाडि सन् २०१० मा भएको आमनिर्वाचनपछि सरकार गठनका लागि कुर्नु परेको ५ सय ४१ दिनको विश्व रेकर्ड बनाएको थियो ।

बेल्जियम संबैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था भएको देश हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत