‘अनेकथरी सपना बाँड्ने माओवादीलाई जनताले चिनेका छन्’

२३ फाल्गुन २०७०, शुक्रबार १९:४५ मा प्रकाशित

ललितपुर, २३ फागुन । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले लोकतन्त्रको जगमा मात्रै मुलुकको आर्थिक–सामाजिक विकास सम्भव हुने बताएका छन् ।
उनले आर्थिक उन्नतीका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । नेपाल दलित संघले आज (शुक्रबार) ललितपुरमा आयोजना गरेको प्रथम राष्ट्रिय दलित सदनको बैठकमा उपसभापति पौडेलले मुलुकमा विद्यमान दलितप्रतिको परम्परागत विभेद तथा वर्गवादी विसंगतिलाई हटाउनु पर्ने बताए ।
उनले पहिलो संविधानसभा निर्वाचनमा दलितलगायतका जनजातिलाई अनेकथरि सपना बाँडेर तत्कालीन नेकपा–माओवादीलाई जनताले चिनिसकेको बताए । ‘फलस्वरूप २०७० मा सम्पन्न संविधानसभाको निर्वाचनमा सबै कुराहरू बुझेर नै कांग्रेसलाई जनताले पहिलो पार्टी बनाएका हुन्,’ उनले भने ।
कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद मानबहादुर विश्वकर्माले संगठित आवाजबाट मात्रै आफ्नो हकअधिकार पाउन सकिने बताए ।
राष्ट्रिय दलित सदनको सफलताका लागि सभासद मदनबहादुर अमात्य, सुजाता परियार, ध्यानगोविन्द रञ्जित, चन्द्र महर्जन, खड्गबहादुर बस्याललगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले