‘संविधान निर्माण सबै राजनीतिक दलको साझा मुद्दा’

२३ फाल्गुन २०७०, शुक्रबार २०:३० मा प्रकाशित

नेपालगन्ज, २३ फागुन । कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले नयाँ संविधान निर्माण सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेले आज (शुक्रबार) नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सबै दलले निर्वाचनमा जनतासामु कबोल गरेबमोजिम एक वर्षभित्र संविधान निर्माण हुनेमा म ढुक्क छु ।’
मुलुकको साझा मुद्दामा सहमति गरेर संविधान निर्माण गर्नु सबैको दायित्व रहेको उनको भनाई छ । ‘जनताको यो भावनाको कदर गरिएन भने राजनीतिक दुर्घटना हुन सक्छ,’ उनले भने ।
सहमहामन्त्री खड्काले आफ्नो दलको पहिलो प्राथमिकतामा संविधान निर्माण नै भएको स्पष्ट पार्दै संविधानका सैद्धान्तिक विमतिका मुद्दामा निश्चित समयभित्र सहमतिको प्रयास गरिने बताए ।
‘संविधानसभाभित्र र बाहिरका सबै राजनीतिक दलसँगको सहकार्यबाट संविधान निर्माण हुन्छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक सबै किसिमको सहयोग जुटाउने प्रयास पनि हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार