गृहमन्त्री गौतमसँग नेकपा माओवादी क्रुद्ध

२३ फाल्गुन २०७०, शुक्रबार १६:५४ मा प्रकाशित

काठमाडौं, २३ फागुन । नेकपा माओवादीले उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले फुजेल घटनाका सन्दर्भमा हालै दिएको सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले आज (शुक्रबार) विज्ञप्ति जारी गरेर १२ बुँदे समझ्दारी, वृहत शान्तिसम्झौता तथा अन्तरिम संविधान विपरित गृहमन्त्री गौतमले अभिव्यक्ति दिएको जनाएको छ ।
झुठा मुद्दाहरु खारेज गर्ने कुराको बर्खिलाप आफ्ना राजनीतिक गलत अभिष्ट पूरा गर्ने उद्देश्यले सामान्य कानून बमोजिम घटना र मुद्दाहरुको एक–एक गरी छानबिन गरेको भन्दै उनले बिरोध जनाएकी छन् ।
‘क्षतिपूर्ति दिने तथा कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने घोषणा गर्नु बृहत राजनीतिक सहमति अनुसार द्वन्द्व व्यवस्थापन र मेलमिलापको सरकारी दायित्वबाट पन्छिने निकृष्ट अभिव्यक्तिलाई घोर भत्र्सना एवम् निन्दा गर्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
गृहमन्त्री गौतमले बिहीबार गोरखाका अधिकारी दम्पत्तिका छोराको हत्यामा संलग्नलाई कारबाही गर्ने जनाएका थिए । उनको सो अभिव्यक्तिबाट नेकपा माओवादी क्रुद्ध भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा