निगमको जहाज दुर्घटनाबाट जोगियो

२३ फाल्गुन २०७०, शुक्रबार १६:२८ मा प्रकाशित

काठमाडौं, २३ फागुन । नेपाल वायुसेवा निगमको जहाज अर्को दुर्घटना हुनबाट जोगिएको छ ।
आज (शुक्रबार) दिउँसो करीव साढे एक बजे काठमाडौंबाट खोटाङको लामिडाँडा जाँदै गरेको ट्वीनअटर जहाजको इञ्जीनमा समस्या आए पछि आकस्मिक अवतरण गराइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको रनवे छाडेर सय फिट माथि पुग्नासाथ दायाँ इञ्जिनमा समस्या आएको स्रोतले जनाएको छ । स्रोतका अनुसार विमानको इञ्जिन पड्किएको छ ।
नाइन एन अल्फा ब्राभो कलसाइन भएको बिमान तत्कालै अबतरण गरिएको थियो । जहाजमा तीन बालबालिकासहित १८ जना यात्रु थिए ।
चालक दलमा क्याप्टेन सन्जय बैद्य र सह पाइलट प्रशान्त राई थिए । निगमसँग यही एउटा मात्रै ट्वीनअटर विमान बाँकी छ ।
जहाजले धेरै उचाइ नलिएको हुँदा मानवीय क्षति भने हुन नपाएको त्रिभुवन बिमानस्थल स्रोतको भनाई छ । केही समय अघि मात्रै निगमको विमान अर्घाखाँचीमा दुर्घटना हुँदा अठार जना यात्रुको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।