प्रमुख अतिथिमा कुरा नमिल्दा कांग्रेसद्धारा बैठक बहिष्कार

२३ फाल्गुन २०७०, शुक्रबार १६:०८ मा प्रकाशित

गोरखा, २३ फागुन । प्रमुख अतिथिको विषयमा कांग्रेसले जिल्ला विकास समिति गोरखाको बैठक बहिष्कार गरे पछि जिल्ला परिषद प्रभावित भएको छ ।
फागुन मसान्तभित्र जिविस परिषद सक्नेगरी भएको अन्तिम बैठकमा परिषदमा प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषय बिवाद उत्पन्न भएको छ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मध्ये कस्लाई प्रमुख अतिथि बनाउने भन्ने विषयमा बिवाद हुँदा परिषद प्रभावित भएको हो ।
कांग्रेसले स्थानीय विकास मन्त्री सिंहलाई प्रमुख अतिथि बनाउनु पर्ने माग गरेको छ । यद्यपि, एमाओवादीले पूर्व प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउन अडान लिए पछि बिवाद उत्पन्न भएको हो ।
२०७१/७२ को विकास निर्माणका विभिन्न शीर्षकमा बजेट विनियोजन गर्न बसेको जिल्ला संयन्त्रको बैठकमा कांग्रेसले बहिष्कार गरेको छ । कांग्रेसको बहिष्कार पछि बैठक नै स्थगित भएको छ ।
कांग्रेसले बहिष्कारका कारण जनजाति उत्थान विकाससम्बन्धी रकम विनियोजन गर्ने कामसमेत रोकिएको छ । फागुन मसान्तसम्म जिविस परिषद गर्न नसके न्यूनतम सर्त मापनमा गोरखा जिल्ला अनुत्तीर्ण हुने स्थानीय विकास अधिकारी महेश बरालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन