बम चलाउँदा सात बर्षीय बालक घाइते

२३ फाल्गुन २०७०, शुक्रबार १५:५० मा प्रकाशित

सिरहा, २३ फागुन । सिराहा जिल्लामा खेल्ने वस्तु सम्झेर बम खेलाउँदा सात वर्षीय बालक घाईते भएका छन् ।
नहरा–९ स्थित बल्कवामा आज (शुक्रबार) खेल्ने वस्तु सम्झेर बमलाई छुन खोज्दा विस्फोट भई सात वर्षीय बालक घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार नहरा–९ स्थित रामसेवक ठाकुरको खेतसँगै जोडिएको कल्र्भट तल राखिएको बम चलाउँदा स्थानीय गोविन्द सदाका सात वर्षीय छोरा अजय सदा घाइते भएका हुन् ।
घाइते बालकको उपचारका लागि सिरहा जिल्ला अस्पताल लगिएको छ । आलु जस्तै देखिने वस्तु कल्र्भट तल राखिएको र बालकले त्यसलाई चलाएपछि विस्फोट भएको थियो । विस्फोटबाट बालकको हातमा चोट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण