
धनबहादुर ओली, साहित्यकार
मेरो गाउँको वीचमा
मेरो घर अगाडी एउटा धारो छ
भन्दा त गाउँमा धारो छ
वास्तवमा धारोमा गाउँ छ ।।
एकाविहानै धारोभरि गाउँ हुन्छ
एकएक गर्दै ऊ सवैको खबर लिन्छ
कसको चुलो बलेन, कसको घर चलेन
कसको लोग्ने फकिर्यो, कसकी चेली विदेशिई
कसले स्वास्नी कुट्यो, कसको घर फूट्यो
कता मीठो पाक्यो, को भोकै सुत्यो ।
मुग्लान र कालापारको कथा
पुराना भएर होकि उ त्यति रुचाउँदैन
आजकल त हङकङ्, मलेसिया,
साउदी, कुवेत र दोहा
जापान हुँदै कोरिया, अमेरिका र यूरोपभरि
सबैको खबर खुवै चासोले सुनिरहन्छ ।
अपमानको पीडा, जीवनको ब्यथाले
पधेर्नीको गह भरिएर पोखिँदा
ऊ पनि एकोहोरो छचल्किरहन्छ गाग्रीभरि
आँखाबाट आँसुजस्तै पीडा र बेदना पोख्दै
र परदेशी फर्केको दिन खुसीले झिसमिसेमै र्झछ
छर्–छर् छर्– छर् पधेर्नी खित्कासँगै ।
तर आजभोलि,
एक्लिदै छ धारो गाउँसँगै
चल्दैनन् खासखुस्, बज्दैनन् चुरा,
सुनिदैन हाँसो, गर्दैनन् साउती तन्नेरीहरु
विदेशिने तांतीले चोरेको छ उसको जवानी
बृद्ध जीवन बाँच्न थालेको छ, धारो गाँउसँगै
एक्लै जीवन धान्न विवश निवृत्त बाबुआमा जस्तै
एक्लैएक्लै सुस्केरा हाल्न थालेको छ उ
घरकुरी बस्ने वृद्ध बाबा–आमा सँगै ।
(हालः निर्देशक, सार्क सचिवालयको कार्यलय, काठमाडौं)
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।
नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा
वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत