स्थानीय निकायको निर्वाचन छिट्टै घोषणा हुन्छ : सिंह

२३ फाल्गुन २०७०, शुक्रबार १२:०६ मा प्रकाशित

बुटवल, २३ फागुन । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सरकार छिट्टै स्थानीय निकायको निर्वाचन घोषणा गर्ने तयारीमा रहेको दोहराएका छन् ।
‘विधि र प्रक्रिया पु-याएर चाँडै स्थानीय निकायको चुनाव घोषणा गर्छौं,’ उनले भने ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज (शुक्रबार) बुटवलमा आयोजना गरेको पत्रकारसम्मेलनमा सिंहले दोस्रो संविधानसभाको निर्वाचनमा जनताको म्यान्डेटअनुसार वर्तमान सरकार एक वर्षभित्र लिखित संघीय लोकतान्त्रिक संविधान जारी गर्ने बताए । उनले सरकारका साथै प्रमुख दलहरु पनि स्थानीय निकायको निर्वाचन गर्ने कार्यमा जुटेको जानकारी दिए ।
‘संविधान निर्माण, स्थानीय निकायको चुनाव, सुशासन र भ्रष्टाचार न्यूनीकरण सरकारको मुख्य प्रथामिकता हो,’ उनको भनाई थियो ।
स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन रहेको अवस्थामा विकास निर्माणका काममा बाधा पुगेको बताएका उनले नेपाली जनतामा पनि रोष बढ्दै गइरहेको उल्लेख गरे ।
शान्ति प्रक्रियाका बाँकी काम सत्यनिरुपण तथा बेपत्ता आयोग बनाएर अगाडि बढ्नेमा पनि सरकार गम्भीर भएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ ।