महोत्तरीमा प्रहरी नायब निरीक्षकको मृत्यु

२३ फाल्गुन २०७०, शुक्रबार ११:५८ मा प्रकाशित

महोत्तरी, २३ फागुन । महोत्तरी जिल्लाअन्तर्गत किसाननगर प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक मनोजकुमार महतोको मृत्यु भएको छ ।
बारा जिल्ला गोलबन्द–४ घर भएका नायब निरीक्षक महतोको बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए ।
विगत एक वर्षदेखि इलाका प्रहरी कार्यालय बर्दिबासमा दरबन्दी भई किसाननगर प्रहरी चौकीमा काम गर्दै आएका महतो बिहीबार राति आठ बजेतिर ड्युटी चेकका क्रममा अचानक बेहोस भएका थिए ।
बेहोस भएपछि उपचारका लागि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा ल्याइएकोमा रातिनै करीब सवा १० बजे उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार