ताकत यही हो मेरो

२३ फाल्गुन २०७०, शुक्रबार ०७:०८ मा प्रकाशित

 

 

पिडामा हास्नसक्ने, ताकत यही हो मेरो!
दु:खमा बांच्नसक्ने, हिम्मत यही हो मेरो!

 

खाडीमा मैले, अनबरत पसिना बगाउदा
हुने आठदश हजार, बचत यही हो मेरो!

 

नराम्रो बोलिएन, अभद्र तरिकाले कसैसंग
हजुरहरुको माझमा, ईज्जत यही हो मेरो!

 

पसिनाको आर्जन, कमाईको दुई रोटीसंग
कठिनले छाकटर्छ, हैसियत यही हो मेरो!

 

आफ्ना आफ्नैथिए, पराई आफ्नो बनाईयो
मित्रताकोलागी गरेको, मेहनत यही हो मेरो!

 

म यहीसम्झेर,मेरोदेश छातिमा लिएरहिड्छु
संसार यही हो मेरो, “जगत” यही हो मेरो!

 

– कुमार के.सी 

 

नरपानी -५, जगत,
अर्घाखाँची

 

सन् २०१४/०१/२९

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि