प्रज्ञा प्रतिष्ठान खाली

२३ फाल्गुन २०७०, शुक्रबार ०६:०१ मा प्रकाशित

काठमाडौं, २३ फागुन । नेपाली साहित्यको विकास, विस्तार र संरक्षणका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठान १५ माघदेखि नेतृत्वविहीन हुन पुगेको छ । नयाँ सरकार गठन हुनेबित्तिकै नेतृत्वका लागि विभिन्न साहित्यकारहरूको दौडधुप भने सुरु भइसकेको छ ।
चार वर्षअघि तत्कालीन  संस्कृतिमन्त्री मीनेन्द्र रिजालले नियुक्त गरेका कुलपति बैरागी काइँला, उपकुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ सदस्यहरू डा.महादेव अवस्थी, रामभरोस कापडी, बुँद राना, सुलोचना मानन्धर, डा.बेन्जु शर्मा, संगीता बर्माहरूको पदावधि सकिएपछि प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन हुन पुगेको हो । प्रतिष्ठानको नेतृत्व अहिले सदस्य–सचिव सनत रेग्मी र विष्णु प्रभातले सम्हालिरहेका छन् । दुई महिनापछि उनीहरूको पनि पदावधि समाप्त हुँदै छ ।
चारबर्से कार्यकालमा बैरागी काइँला नेतृत्वको प्रतिष्ठान पदाधिकारीले भने साहित्य, संगीत, नाटक क्षेत्रमा भने कुनै उल्लेख्य काम गर्न नसकेको गुनासो गर्नेहरू प्रशस्त छन् ।
लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी भएको र कुनै लाभको पद धारण नगरेको भनी नेपाली कांग्रेसले बैरागी काइँलालाई प्रतिष्ठानको कुलपति बनाएको थियो । उपकुलपतिमा भने एमाले निकट साहित्यकार गंगाप्रसाद उप्रेती नियुक्त भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।