रसियामा गाभिन तयार छौं : क्रिमियाली संसद्

२३ फाल्गुन २०७०, शुक्रबार ०५:४६ मा प्रकाशित

एजेन्सी


क्रिमिया, २३ फागुन । क्रिमियाका सांसदहरूले दक्षिणी युक्रेनी क्षेत्रलाई रसियाली संघको अंश हुन अनुमति दिन आग्रह गरेको छ । युक्रेनी भूमिमा रसियाली लडाकूहरूको परिचालनबारे युरोपेली नेताहरूको बैठक ब्रसेलमा भइरहेका बेला क्रिमियाको संसद्बाट यस्तो घोषणा आएको हो ।
सो अनुरोधलाई स्वीकार गरिए क्रिमियाली नागरिकहरूले आगामी १६ मार्चमा हुने जनमतसंग्रहमा आफ्नो मत राख्न पाउनेछन् । क्रिमिया रसियामा समावेश हुनु गैरसंवैधानिक हुने किभका एक सरकारी मन्त्रीले बताए । युक्रेनका मस्को समर्थक राष्ट्रपतिको पतनपछि रसियाली जनजातिको बाहुल्य रहेको क्रिमिया पछिल्ला दिनका द्वन्द्वको केन्द्रविन्दु बनेको छ । रसिया समर्थक र रसियाली फौजले सो प्रायद्वीपलाई आफ्नो प्रभुत्वमा ल्याउन हदैसम्म प्रयत्न गरेको बताइन्छ ।
औपचारिक आग्रह
‘रसियाली महासंघको अधिकारको विषय बन्दै सो महासंघमा समावेश हुने निर्णय’ क्रिमियाली संसद्ले गरेको हो । क्रिमियालाई औपचारिक रूपमा नै रसियाली महासंघमा समाहित हुन ‘औपचारिक पक्रिया सुरु गर्न’ संसद्ले रसियाली राष्ट्रपति भलादिमिर पुटिनलाई आग्रह गरेको संसद्को वेबसाइटमा राखिएको एक विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पुटिन क्रिमियाली संसद्मा भएको घटनाक्रमबारे सचेत भएको तर अहिलेसम्म रसियाको तर्फबाट कुनै प्रतिक्रिया नआएको क्रिमिलिनले जनाएका छ ।
क्रिमियाले गरेको अनुरोधलाई रसियाले स्वीकार गरे आगामी १६ मार्चमा हुने जनमतसंग्रहमा क्रिमियाली जनतालाई दुई प्रश्न सोधिने पनि विज्ञप्तिमा जनाइएको छ । युक्रेनका अन्तरिम अर्थमन्त्री पाभ्लो सेरिमेटाले किभमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘क्रिमिया रसियाली महासभाको एक अंश भए हामीले के गर्ने भन्ने विषयमा केही पनि सोचेका छैनौं किनकि यो कदम असंवैधानिक हुनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं ।’
युक्रेनी भूमिमा रसियाली अतिक्रमणबाट बचाउन युक्रेली र रसियाली राजनीतिज्ञलाई पश्चिमेली कूटनीतिज्ञहरूले वार्ताको पहल गरिरहेका बेला क्रिमियाको संसद्ले गरेको नयाँ निर्णयले थप तनाव बढाउन सक्ने बीबीसीले जनाएको छ ।
युक्रेनको समस्यामाथि छलफल
यसैबीच, युक्रेनले हाल भोगिरहेको चरम आर्थिक संकट र राजनीतिक अस्थिरताका विषयमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनबीच टेलिफोनबाट बुधबार परामर्श भएको कुरा ह्वाइट हाउसले जनाएको छ ।
युक्रेनी सरकारको अनुरोधमा अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप (ओएससीई) ले युक्रेनमा सैनिक अनुगमन आयोगको गठन गरी त्यहाँको सैन्य गतिविधि निरूपण गरेकोमा दुवै मुलुकमा नेताहरूले स्वागत गरेको समेत बताइएको छ । अमेरिकासहित युरोपका १४ राष्ट्रले गत मंगलबार संयुक्त रूपमा ओएससीई दल गठन गरी युक्रेनको क्रिमिया क्षेत्रको स्थितिबारे अनुगमन गरेको र सो दल २४ घन्टाभित्र फर्कने कार्यक्रम रहेको खुलासा गरिएको छ ।
युक्रेनको अर्थ व्यवस्थामा सुधार ल्याउन र आगामी मे महिनामा त्यहाँ हुने आमनिर्वाचनलाई सहयोग पु-याउन राष्ट्रपति ओबामा र प्रधानमन्त्री क्यामरुनले यथासम्भव प्रयत्न गर्ने सहमति भएको जनाइएको छ । दुवै देशका नेताहरूबीच यस सम्बन्धमा निरन्तर सञ्चार सम्पर्कमा रहनेसमेत सहमत भएको ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । युक्रेन युद्धका बीचमा रुस, चीन र उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा सामना गरिरहेको अमेरिकालाई ठूलो झट्का लागेको छ

प्योङयाङ । उत्तर कोरियाली जनताले दक्षिण कोरियाली सिमाना नजिक खसेका ‘अज्ञात वस्तुहरू’ छोएपछि कोभिड १९ महामारी सुरु भएको प्योङयाङका सरकारी

किभ । युक्रेनी सेनाले गत २४ फ्रेब्रअरीमा रुसीले युक्रेनमाथि आक्रमण थालेदेखि १ जुलाई सम्म ३५ हजार ७५० जना रुसी सैनिकको

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा