याक अट्याक साइक्लिङ जारी

२३ फाल्गुन २०७०, शुक्रबार ०५:१९ मा प्रकाशित

लमजुङ, २३ फागुन । विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइक्लिङ प्रतियोगितामध्येको एक याक अट्याक साइक्लिङ रेसको आठौं संस्करण जारी हु“दा प्रतियोगीहरू हिमालपारिको जिल्ला मनाङ पुगेका छन् ।

बुधबार गोरखाबाट आएका देशी तथा विदेशी प्रतियोगीहरू बिहीबार बिहान मनाङतर्फ अघि बढेका थिए । काठमाडौंको शिवपुरीदेखि सुरु भएर म्याग्दीको तातोपानी पुगेपछि अन्त्य हुने प्रतियोगितामा ९ नेपाली र ३० विदेशी गरी ३९ जनाको सहभागिता रहेको छ । यीमध्ये दुईजना नेपाली सेनाका खेलाडीहरू छन् ।
याक अट्याक्क इन्टरनेसनल साइल्किङ रेस नाम दिइएको प्रतियोगितामा नेपालीभन्दा विदेशीको आकर्षण बढ्दो छ । प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट ३ देखि १० सम्म पर्नेहरू समेत रहेका छन् । अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाइसकेका अस्ट्रियाका थोमसदेखि जापानका युकी आकिडासम्मले प्रतियोगितामा सहभागिता जनाएका छन् । यस्तै, बेलायत, अमेरिका, जर्मन, पोल्यान्डलगायत विभिन्न देशका नागरिकहरूले प्रतियोगितामा भाग लिएका छन् ।
नेपाल साइक्लिङ संघको समन्वय, डन टिल डस्क बाइकको प्राविधिक सहयोग र एक्सट्रिम वल्र्ड च्यालेन्ज यूकेको आयोजनामा गरिएको प्रतियोगिताका सहभागीहरूले लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामे, थोराङफेदी, थोराङफेदीदेखि ५ हजार ४ सय १६ मिटर उचाइको विश्वकै अग्लो पदयात्रा मार्ग भञ्ज्याङ छिछोल्नेछन् । प्रतियोगितामा यसअघि तीन पटकसम्म प्रथम हुन सफल अजय पण्डित क्षत्रीले आफूले यस पटक पनि राम्रो गरिरहेको दाबी गरे ।
प्रतियोगिताअन्तर्गत बिहीबार लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको साइकल रेस प्रतियोगितामा काठमाडौं जोरपाटीका अजय पण्डित क्षत्री प्रथम भएका छन् । बुधबार गोरखादेखि लमजुङ सदरमुकाम बेंसीसहरसम्मको प्रतियोगितामा जापानी नागरिक युकी आकिडा प्रथम भएका थिए ।
प्रतियोगितामा दैनिक प्रथम हुनेलाई १६ हजार रुपैयाँको पुरस्कार छ । प्रतियोगिता अवधिभर प्रथम हुनेले २ लाख रुपैयाँ पुरस्कार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । पहिले १० दिन हुने प्रतियोगिताको अवधि यस वर्ष मनाङ सदरमुकाम चामेसम्म मोटरबाटो पुगेपछि प्रतियोगिताको समय ८ दिनलाई तय गरिएको छ । प्रतियोगिता अवधिको ८ दिन उनीहरूले ४ सय ९ किलोमिटर दूरी पार गर्नुपर्नेछ ।
खासगरी हिमाली क्षेत्रको वातावरणलाई मध्यनजर राखेर खेल पर्यटनको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको नेपाल साइक्लिङ एसोसिएसनका अध्यक्ष छिम्मी उर्गेन गुरुङले बताए । ‘हाइ अल्टिच्युट’ मा नेपालीहरूको अभ्यास राम्रो भएकाले त्यसको फाइदा हरेक वर्ष नेपाली खेलाडीले उठाउँदै आएका छन् । गएको वर्ष नारायणगोपाल महर्जन प्रथम भएका थिए ।
पर्यटनसँग जोडिएको यस्तो खेलको पहिचान गरी नियमित प्रतियोगिताको आयोजना गर्न सकेमा नेपालमा खेलको माध्यमबाट पर्यटनको विकास हुन सक्ने पर्यटनविज्ञहरूले बताएका छन् । यस्ता प्रतियोगितात्मक कार्यक्रमले नेपाली खेलाडी र अन्तर्राष्ट्रिय खेलाडीबीचको समन्वय र भ्रातृत्व कायम हुने साइकल राइडर प्रशिक्षक सन्तोष राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई