एमालेद्धारा होम सेन्टर नहटाउन माग

२२ फाल्गुन २०७०, बिहीबार १९:४५ मा प्रकाशित


काठमाडौं, २२ फागुन । एमालेले प्रवेशीका परीक्षामा होम सेन्टर हटाउने प्रावधानको बिरोध गरेको छ ।
व्यवस्थापिका–संसदको आज (बिहीबार) बसेको बैठकमा समय माग गरेर बोल्दै एमालेका सभासद भीम रावलले प्रवेशिका परीक्षामा होम सेन्टर (अध्ययनरत विद्यालयमा परीक्षा केन्द्र) नराख्ने व्यवस्था हटाउन माग गरेका हुन् ।
उनले परीक्षामा अनियमितता रोक्ने नाममा विद्यार्थीलाई अन्यत्र परीक्षा केन्द्रमा जानुपर्ने बाध्यता सिर्जना नगर्न माग गरे । उनले शिक्षा मन्त्रालयले तत्काल बैठक गरी यसबारे निर्णय गर्नुपर्ने माग गरे ।
रावलले परीक्षामा अन्यत्र केन्द्र हुने छात्राका लागि बस्ने उचित प्रबन्ध गर्न र परीक्षा अवधिमा विद्युत््भार कटौती नगर्न माग पनि गरे ।
बैठकमा एमाओवादीका अमन मोदीले विस्तृत शान्ति सम्झौता बमोजिम द्वन्द्वकालका मुद्दालाई अहिले नचर्काउन आग्रह गरे । उनले गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आशंकाका भरमा रुद्र आचार्यलाई मुद्दा चलाउने तयारीप्रति विरोध गरे । उनले थारु समुदायलाई मधेसीकरण नगर्न पनि आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो

काठमाडौं।देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा भारी वर्षा हुन सुरु भएको छ । बाढी, पहिरो र डुबानले सर्वसाधरण समस्यमा पर्न