अर्थतन्त्र बलियो बनाउन सहकार्य अनिर्वाय : राष्ट्रपति

२२ फाल्गुन २०७०, बिहीबार २०:४५ मा प्रकाशित

काठमाडौं, २२ फागुन । राष्ट्रपति डा. रामवरण यादवले निर्यात प्रवद्र्धन गरी अर्थतन्त्रलाई बलियो बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक भएको बताएका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आज (बिहीबार) आयोजित तेस्रो संस्करणको मेलाको उदघाटन गर्दै राष्ट्रपति डा.यादवले सहकार्यका साथ सबै जानु पर्ने बताए ।
‘नेपालमा वाह्य लगानी र प्रविधि आकर्षण गर्न एवम् बजार प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मेलाले सहयोग पु¥याउने छ,’ उनले भने ।
राष्ट्रपति डा. यादवले आयातलाई प्रतिस्थापना गर्दै निर्यात बढाउन सकिएमा मात्र अर्थतन्त्र बलियो हुन सक्ने बताए ।
फागुन २६ गतेसम्म सञ्चालन हुने मेलाका आकर्षणका रूपमा नेपाली जडीबुटी, निर्यात हुने नेपाली गलैँचा, हस्तकला, काष्ठकला, ‘एक जिल्ला एक उत्पादन’का वस्तु रहेका छन् । विभिन्न नेपाली परिकार तथा बहुमूल्य गरगहना पनि मेलामा राखिएका छन् ।
साथै भारत, चीन, पाकिस्तान, बङ्गलादेश, भुटान, थाइल्यान्डका उत्पादनहरू अन्तर्राष्ट्रिय मेलामा राखिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र