क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको बलियो राजनीतिक प्रतिबद्धता

२२ फाल्गुन २०७०, बिहीबार १८:२६ मा प्रकाशित

काठमाडौ, २२ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को तेस्रो शिखर सम्मेलनमा भएको नेपालको उच्चस्तरीय सहभागिताबाट क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको दृढ राजनीतिक प्रतिबद्धता व्यक्त भएको बताएका छन् ।
आज (बिहीबार) स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले नेपालले क्षेत्रीय सहयोगका लागि निर्वाह गर्नुपर्ने भूमिकामा सदस्य राष्ट्रहरूको नेपालप्रतिको विश्वासमा थप अभिवृद्धि भएको पनि बताए ।
उनले सम्मेलनले जारी गरेको घोषणापत्र सदस्य देशहरूका लागि महत्वपूर्ण रहेको बताउँदै यसले अति कम विकसित सदस्य राष्ट्रहरूका विकासका चुनौती सम्बोधन गरी आर्थिक विकास प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत