कांग्रेसले चैत सात गतेदेखि स्थानीय चुनावको अभियान थाल्ने

२२ फाल्गुन २०७०, बिहीबार १७:४६ मा प्रकाशित

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसले स्थानीय निकाय निर्वाचनका लागि तयारी गर्न चैतको पहिलो साता देखि ‘मेची महाकाली जागरण अभियान’ कार्यक्रम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज (बिहीबार) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी १४ वटै अञ्चलमा जागरण अभियान गर्न लागेको जनाएको हो । कार्यक्रम स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर हुने जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यकर्तालाई आम निर्वाचन पश्चात उत्पन्न परिवर्तित परिस्थिति र घटनाक्रमबारे यथार्थ जानकारी गर्ने, पार्टीको आदर्श, नीति, सिद्धान्त तथा समसामयिक राजनीतिका मुद्धाहरुबारे प्रशिक्षित गर्ने कांग्रेसले जनाएको छ । प्रशिक्षणमा आगामी स्थानीय निकायको निर्वाचन समेतलाई मध्यनजर राखेर कार्यक्रम गरिने छ ।
अञ्चल स्तरीय कार्यक्रमको आरम्भ ‘पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति दिवस अर्थात चैत्र ७ गते झापाको विर्तामोडबाट हुनेछ ।
कार्यक्रम क्रमश सबै अञ्चल, जिल्ला, निर्वाचन क्षेत्र, नगर, गाविस र वडा तहसम्म पु¥याईने कांग्रेसले जनाएको छ ।
कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना महिला सहित ३ जनाको सहभागिता रहनेछ । राष्ट्रिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमका सहभागिहरु तथा जिल्लास्थित प्रशिक्षण शाखा प्रमुखहरु आ–आफ्नो अञ्चलको कार्यक्रममा रहन पनि कांग्रेसले निर्देशन दिएको छ ।
कार्यक्रम अनुसार विर्तामोडमा उद्धव थापाले चैत ७, ८ र ९ गते प्रशिक्षण दिने छन् । विराटनगरमा अमृत अर्यालले चैत ८, ९ र १० गते, राजविराजमा दिनेश यादवले चैत ९, १० र ११ गते, जनकपुरमा रामसरोज यादवले चैत १०, ११ र १२ गते, वीरगंजमा सुरेन्द्रप्रसाद चौधरीले चैत ११, १२ र १३ गते प्रशिक्षण दिने कार्यक्रम छ ।
महेन्द्रनगरमा बहादुरसिंह थापाले चैत १६, १७ र १८ गते, धनगढीमा नरनारायण शाहले चैत १७, १८ र १९ गते, नेपालगञ्जमा अरुण कोइरालाले चैत १८, १९ र २० गते, घोराही तथा तुलसीपुरमा घनश्याम रेग्मीले चैत १९, २० र २१ गते, भैरहवा एवं बुटवलमा अब्दुल रज्जाकले चैत २०, २१ र २२ गते वाग्लुङमा प्रकाश शर्मा पौडेलले चैत २६, २७ र २८ गते, पोखरामा यज्ञबहादुर थापा चैत २७, २८ र २९ गते, जुम्लामा दीप बहादुर शाही तथा काठमाडौंमा भीमसेनदास प्रधानले चैत २८, २९ र ३० गते प्रशिक्षण दिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र