प्रतिनिधि हुन एमालेका केन्द्रीय नेताहरुले चोर बाटो रोजे

२२ फाल्गुन २०७०, बिहीबार १६:५५ मा प्रकाशित

काठमाडौं, २२ फागुन । सत्तारुढ दल नेकपा (एमाले)ले केन्द्रीय नेतृत्वलाई नवौं महाधिवेशनमा स्वतः प्रतिनिधि हुन पाउने बाटो खोलेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय पदाधिकारी र आयोगहरुका सदस्य एवं पदाधिकारीलाई स्वतः प्रतिनिधि बनाउने निर्णय गरेको जानकारी दिईएको हो । केन्द्रीय कमिटीको बुधबार सम्पन्न बैठकले गरेको निर्णयलाई महाधिवेशनले अनुमोदन गर्ने प्रावधानलाई भने एमालेले कायम राखेको छ ।
अन्य नेता तथा कार्यकर्तालाई प्रतिनिधि हुनका लागि भने तोकिएको निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ । अन्य नेता तथा कार्यकर्ता प्रतिनिधि हुन निर्वाचित हुनु परे पनि केन्द्रीय नेताहरुलाई यो प्रावधानले निर्वाचित हुन नपर्ने भएको छ ।
‘बैठकले विशेष स्थितिलाई ध्यानमा राख्दै पार्टीको आठौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्यहरू आयोजकका साथै प्रतिनिधिसमेत हुने प्रस्ताव पारित गर्दै नवौं राष्ट्रिय महाधिवेशनसमक्ष अनुमोदनका लागि प्रस्तुत गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
एमालेको बिधानमा प्रतिनिधि हुन सम्बन्धित क्षेत्रबाट निर्वाचित भई आउनु पर्ने प्रावधान छ ।
एमालेको नवौं महाधिवेशन जेठको अन्तिम साता काठमाडौंमा हुँदैछ । एमालेको आठौं राष्ट्रिय महाधिवेशन २०७० फागुन १५ गते भएको थियो । महाविधेशन भएको पनि पाँच बर्ष पुरा भएको छ ।
पार्टी विधानको धारा–१३ (क) मा उल्लेख भएबमोजिम २०७१ जेठ २४ देखि ३१ सम्म नवौं राष्ट्रिय महाधिवेशन काठमाडांैमा आयोजना गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले अध्यक्ष झलनाथ खनालको संयोजकत्वमा दस्ताबेज मस्यौदा समिति पनि गठन गरेको छ । समितिको सह–संयोजकमा उपाध्यक्ष वामदेव गौतम र महासचिव र्ईश्वर पोखरेल सचिव रहेको २६ सदस्यीय समिति गठन गरेको छ ।
बैठकले महासचिव पोखरेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठनपनि एमालेले गरेको छ ।
त्यसै गरी एमालेले नवौं राष्ट्रिय महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनित गरी प्रतिनिधिहरूको अधिकतम संख्या १८ सय बनाएको विज्ञप्ति मार्फत जनाएको छ ।
यसैबीच, एमालेले स्थानीय निकायको निर्वाचनको मिति अविलम्ब घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । उता, स्थानीय निकायको चुनाव घोषणा भएमा एमालेको महाधिवेशन प्रभावित हुने कार्यकर्ताको गुनासो छ ।
एमालेले टनकपुर भारतकै भू–भाग हो भनेर प्रधानमन्त्रीलाई उधृत गर्दै सार्वजनिक सञ्चार माध्यममा आएका अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘नेपालको सीमा क्षेत्र र सीमा नदीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विवाद जन्माएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सरकारको दृष्टिकोण स्पष्ट पार्न बैठकले आग्रह गर्दछ ।’
संविधान बनाउने दायित्व संविधानसभाको भएको र तदनुरूप संविधानको प्रमाणीकरण गर्ने दायित्व संविधानसभाका अध्यक्षमा निहीत रहेको एमालेले दाबी गरेको छ । त्यस व्यवस्थालाई परिवर्तन गर्नुपर्ने कुनै आवश्यकता, औचित्य र आधार नभएको पनि एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार