महिलाको भजिर्निटीसँग पुरानो कारको तुलना

२२ फाल्गुन २०७०, बिहीबार १५:२५ मा प्रकाशित

लण्डन, २२ फागुन । सोशल मिडियाका तमाम फाइदा र वेफाइदा छन् । के गर्ने जब कसैले गलत तस्वीर या संदेश तपाईको नामबाट इंटरनेटमा राखि दिए पछि के हो ला अवस्था ?
त्यो पक्कै गलत हुने छ । र तपाई बिरुद्ध सर्वसाधारणले गाली बर्साउने छन् । यस्ता घटना धेरै व्यक्तित हुने गर्छन् । तर यो घटना व्यक्तिगत नभएर लण्डनको चर्चित कम्पनी भएको छ ।
ब्रिटिश कार कम्पनी ‘एस्टन मार्टिन’ सोशल मिडियाको निशानमा आएको छ । सेकेण्ड ह्याण्ड कारको एक विवादास्पद फोटोको विज्ञापनलाई लिएर बिवाद सृजना भएको छ ।
बिज्ञापनमा एक महिला थोरै कपडामा उभिएकी छन् । कम कपडामा देखिएकी मोडलसँगै लेखिएको छ, ‘तपाईले जान्नु हुन्छ । यो पहिलो इच्छा होइन । साँच्चै तपाई यसलाई चिन्ता गर्नु हुन्छ ?’
विज्ञापन सेक्स र भर्जिनिटीलाई लिएर गरिएको कमेन्ट हो । प्रयोग गरिएका कार किन्नलाई प्रत्साहन गर्न विज्ञापन गरिएको समाचारमा जनाईएको छ ।
तर सोशल मिडियामा जसरी एड आयो त्यसले बिवाद भएको जनाइएको छ । बिज्ञापनको कतिपय व्यक्तिले आपत्ति जनाएका छन् । बिज्ञापनलाई लिएर सर्वसाधारणले कम्पनीको आलोचना समेत गरेका छन् ।
विरोध गर्नेहरुको भनाई छ, ‘यो विज्ञापनले महिला विरोधी र हिंसालाई समर्थन गर्छ । महिलाको भजिर्निटीलाई संकीर्ण अर्थमा पेश गरिएको छ ।’
हलिउड नायिकाहरुले पनि विज्ञापनको बिरोध गरेका छन् । उनीहरुले महिलाको भर्जिनिटी र पुरानो कारलाई जोडेर तुलना गरिएकोमा आपत्ति जनाएका छन् ।
‘मलाई हाँसो आएन । म शायद हाँस्ने पनि छैन । न म त्यस्तो छु । जो मलाई पहले कसैले प्रयोग गरुन् । मेरा कोइ मालिक छैन । त्यस कारण प्रि–ओन्ड हुन सक्दैन,’ नायिका स्वरा भास्करले हालै फेसबुकमा लेखेकी छन्,
स्वराको यस शन्देसलाई थुप्रैले शेयर गरेका छन् । कम्पनीलाई आफ्नो रिस पोखेका पनि छन् । यद्यपि सो विज्ञापन फर्जी भएको पुष्टि भई सकेको छ ।
कम्पनीले आफू विरुद्ध भएको सो कार्यको कानूनी उपचार लिने जनाएको छ ।
गूगल इमेजमा सर्च गरेर विज्ञापनमा देखिएको तस्वीरको सबै त्यथ्य पनि हेर्न सकिन्छ । तस्वीर प्लेब्वोय जर्मनी म्यागेजिनको जनवरी २०१२ को बाट लिईएको हो । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट

काठमाडौं । अन्य सामाजिक सञ्जालजस्तै नेपालमा इन्स्टाग्राम पनि निकै चर्चित छ । इन्स्टामा नेपालका प्रयोगकर्ता पनि धेरै रहेका छन् ।

काठमाडौं । फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया