मस्कोको फेस्टिभलमा `यसरी नै आरू फूल्छ` छनोट

१२ बैशाख २०६९, मंगलवार १८:५२ मा प्रकाशित

सुभास गजुरेल निर्देशित सर्ट फिल्म ‘यसरी नै आरू फूल्छ’ मस्कोमा हुन लागेको एक्सआईभी ईन्टरनेश्नल फेस्टिभल अफ डिटेक्टिभ फिल्मसमा छनोट भएको छ । अप्रिल २५ देखि २९ तारिख सम्म चल्ने सो फेस्टिभलमा आफ्नो फिल्म पनि छनोटमा परेको निर्देशक गजुरेलले जानकारी गराए ।ठूलो पर्दाको फिल्म बसाईं, को होला मेरो मायालु र नयाँ नेपाल एक्सप्रेस निर्देशन गरिसकेका गजुरेलले फेस्टिभलमा आफ्नो फिल्म पुग्नु नै सफलता भएको बताए । ३० मिनेटको सो फिल्म १० वर्षे सशस्त्र जनयुद्धमा आफ्नो छोरा गुमाएकी एउटी आमाको भोगाई र सपनामा आधारित छ । थुपै फिल्म र टेलिफिल्ममा अभिनय गरिसकेका श्रीराम बाजेको नामले परिचित गजुरेलले फिल्मको बारेमा जानकारी गराउँदै भने, ‘१० वर्षे सशस्त्र जनयुद्धमा सयौं नेपालीले आफ्नो ज्यान गुमाए भने हजारौं परिवार पीडित बन्न पुगे । तिनै परिवार भित्र आफ्नो छोरा गुमाएकी एउटी आमाले भोगेका भोगाईहरूलाई हामीले फिल्ममा उतारेका छौं । जो कोही पनि यो फिल्म एकपटक हेरेपछि भावुक बन्नेछ ।’

कलिउड फिल्म्स प्रालीको व्यानरमा बिश्वराम बिष्ट र सुरेश गिरीले फिल्मलाई निर्माण गरेका हुन् । तारा केसी, भुपेन चन्द, हरि शिवाकोटी र शक्ति पण्डितको प्रमुख भूमिका रहेको सो फिल्मको कथा विवस बस्तीले लेखेका हुन् । कृष्ण ढुंगानाको संवाद, दिपक वान्तवाको छायाँकन, हरि सिलवाल र कविर कपालीको सम्पादन रहेको उक्त फिल्ममा झंकार बुढामगरको शब्द, संगीत तथा स्वर रहेको छ । (फिल्मीखबर)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको