एक/दुई दिनमै नीति तथा कार्यक्रम आउँछ: अर्थमन्त्री

२२ फाल्गुन २०७०, बिहीबार १३:५६ मा प्रकाशित


काठमाडौं, २२ फागुन । अर्थमन्त्री रामशरण महतले सरकारले नीति तथा कार्यक्रम ल्याउनका लागि गृहकार्य शुरु गरेको बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा मन्त्री महतले एक/दुई दिनमा अन्य दलहरुसँग पनि छलफल गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरिने बताएका हुन् ।
‘प्रधानमन्त्री सुशील कोइराला विदेशबाट फर्किसक्नुभएको छ,’ उनले भने, ‘परामर्श गरेर एक/दुई दिनमै नीति तथा कार्यक्रम सार्वजनिक गर्छौं ।’ उनले आगामी शनिबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरेर तयारी भई रहेको जानकारी दिए ।
नीति तथा कार्यक्रममा संविधान निर्माणमा सहयोग पु¥याउने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने तथा आर्थिक विकास गर्ने विषयहरु समेट्ने महतले बताए ।
‘शान्ति प्रकृयाका बाँकी कार्यभार पुरा गर्ने बिषयलाई पनि सरकारले प्राथमिकतामा राखेको छ,’ अर्थमन्त्री महतले भने, ‘आर्थिक विकासको एजेण्डालाई प्राथमिकतामा राखेर सरकारले जनताको जीवनस्तर उकास्ने कार्य गर्छौं ।’
सरकारले चाँडै नैं अपर कर्णाली, पश्चिम सेती, अपर त्रिशुली, अरुण तेश्रो र अपर अरुण जस्ता जलबिद्युत आयोजना निर्माणको शुभारम्भ गर्ने पनि उनले बताए । त्यसबाट लोडसेडिङको समस्या अन्त्य हुने मन्त्री महतको भनाई छ ।
आगामी आर्थिक बर्षको बजेट निर्धारित समयमै ल्याउने तयारी भएको पनि अर्थमन्त्री महतले बताए । ‘सरकार नयाँ बजेट ल्याउने कि यसलाई निरन्तरता दिने भन्ने बारेमा छलफलमा जुटेको छ,’ उनले भने ।
मुलुक संघीयतामा गए पछि हालको स्थानीय निकायको संरचना नैं परिवर्तन बताएका उनले स्थानीय निकायको निर्वाचन पर सार्नु पर्ने सुझाव सरकारलाई आएको बताए । यद्यपि सरकार स्थानीय निर्वाचन गर्न दृढ रहेको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार