नेपाली क्लब न्यु साउथवेल्स एमेच्यौर लिगमा सामेल

२२ फाल्गुन २०७०, बिहीबार १०:४६ मा प्रकाशित

हेमन्त काफ्ले, सिडनी । तामाड रिक्रेएसनल क्लब (टीआरसीसी) ले आपनो पाँचौ बार्षिक उत्सवको उपलक्ष्य पारेर टोलीका खेलाडीलाइ अस्ट्रेलियाको सिडनीमा सम्मान गरेको छ । फुटबल लगायत बिभिन्न सामाजिक कार्यमा संल्गन टीआरसीसीले यस पटक अस्ट्रेलियामा नेपाली झण्डा फहरयाउने नया योजना समेत सार्वजनिक गरेको छ । न्यु साउथवेल्स राज्यको सी डिभिजन एमेच्यौर लिग फुटबलमा यस सिजन देखि सहभागिता गर्ने घोषणा सहित टीआरसीसीले आफ्नो पाचौ बर्षगाठलाई भब्य रुपमा मनाएको हो । टीआरसीसी अस्ट्रेलियाको कुनैपनि डिभिजनको लिग खेल्ने पहिलो नेपाली फुटबल टोली बन्ने भएको छ , यो नै हाम्रो लागि सबैभन्दा ठुलो खुसी हो, टीआरसीसीका अध्यक्ष अरुण तामाड.ले बताए । सिड्नी जस्तो ब्यस्त शहरमा बसेर क्लबजस्तो सामाजिक संस्थालाई पाँच बर्षसम्म पनि डोहरयाउनुमा तामाडको ठुलो योगदान रहेको छ । यो कलबले सिडनीमा हुने प्राय सबै प्रवासी फुटबल प्रतियोगिता र मेलवर्नमा हुने एमआइटी कपमा समेत सहभागि जनाउदै आएको छ । यो क्लबलाई याहाँसम्म पुर्याउन खेलाडी,पदाधिकारी र सबै सुभेच्छुकहरुको ठुलो हात छ, अरुणले सुनाए । सम्मान कार्यक्रममा न्यु साउथवेल्स एमच्यौर लिग संचालक समितीका संयोजक क्यामरुन स्मीथले नेपाली टोलीको सहभागिताले लिग थप रोचक बन्ने बताए । घोषणा कार्यक्रममा सहभागि भएका स्मीथले सहभागिता नेपाली टोलीका लागि मौका मात्र नभइ चुनौती पनि भएको सुनाए । सम्मान कार्यक्रममा क्लबले आपना खेलाडीलाइ भिन्न रुपमा सम्मान गरेको थियो। जसमा उत्कृष्ट प्रशिक्षकमा मिलन थापा, उत्कृष्ट ब्यबस्थापकमा जगदिश खड्का, क्लेयर अफ दी मन्थमा अंकित मगर,आउट स्ट्यान्डीड. प्लेयरमा विजय कार्की, राइजिड. स्टारमा पारस थापा, डेडिकेटेड प्लेयरमा शिव घिमिरे, लोयल प्लेयरमा आकाश लामा, इम्प्रेसीड. प्लेयरमा अर्जुन लामा,हाडर्वकिड. प्लेयरमा अजय लामा तथा बेस्ट क्याप्टेनको उपाधि निर्देश थापाले हात पारेका थिए । कार्यक्रममा अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष बिश्व नरसिंड. राणाले एमच्यौर लिगमा नेपाली टोलीले प्रवेश पाउनु सबैभन्दा ठुलो सफलता भएको बताए । नेपाली टोलीले यसरी यहाको लिग खेल्दै जाने हो भने एक दिन उत्कृष्ट व्यबशायिक नेपाली खेलाडी जन्माउन सकिने राणाले बताए । कार्यक्रममा प्रयोजकका तर्फवाट युवराज भट्टराइले खेलकुद मुलुकको नाम उजिल्याउने बिशुद्ध एक मात्र माध्यम रहेको बिचार ब्यक्त गरे । उनले प्रवासमा आएर मुलुकको खिचलो राजनितिक खाल ओडेर बहस गर्नुका साटो खेलकुदमा लगानि गरे यसले मुलुकको पहिचान बढाउन मद्दत पुग्ने समेत बताए । कार्यक्रममा सिडनीका बिभिन्न संघ संस्थाका प्रतिनिधीको उपस्थीती रहेको थियो । क्लबका प्रायोजकका रुपमा रहेका नेपाली रेस्टुरेन्ट हिमालयन चार ग्रीलका योगी पुडासैनीले आफु टीआरसीसीको समर्थक मात्र नभइ सहयोगी रुपमा पनि सोमल हुन पाउदा खुसी लागेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

आजको प्रमुख समाचार