धरानलाई १२ वर्षपछि सफलता

२२ फाल्गुन २०७०, बिहीबार ०७:०५ मा प्रकाशित

पोखरा, २२ फागुन । सहारा क्लब पोखराले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी भएका हरेक क्षण नमीठो हार बेहोर्दै घर फर्किने क्रम यसपालि धरानले भंग गरेको छ ।
थ्री–स्टारका भरपर्दा आठजना खेलाडीसहित सुसज्जित धरानले यसपालि भने क्वार्टरफाइनलको दैलो उघा-यो ।
पोखरा रंगशालामा जारी १२आं आहा रारा गोल्डकपमा उसले बुधबार विभागीय टिम त्रिभुवन आर्मी क्लबको चुनौतीलाई २–१ ले पन्छाउन सफल भयो ।
जितमा अफ्रिकन मूलका खेलाडी सेगुनले दुई गोलको योगदान दिए । यसरी १२ वर्षपछि खोला पनि फर्किन्छ भन्ने नेपाली उखान धरानलाई १२औं आहा रारा गोल्डकपमा लागू भयो । धरानले आठां आहा गोल्डकपबाहेक क्याराभानसहित हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ ।
जितपछि धरानका प्रशिक्षक सगुन तण्डुकारले आत्मविश्वास बटुल्दै यसपालि उपाधि भने आफ्नो पक्षमा पर्ने संकेत देखेको दाबी गरे । धरानले अब क्वार्टरफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
थ्री–स्टारका खेलाडीहरू किरण चेम्जोङ, निराजन खड्का, रवि थापा, प्रकाश बुढाथोकी, अनिल गुरुङलगायतका खेलाडी लिएर मैदान उत्रिएको धरानले पहिलो हाफमा पेनाल्टीको सदुपयोग गर्दै अग्रता लिएको थियो । १८औं मिनेटमा आर्मीका दीपक गुरुङले सेगुनलाई डी–बक्सभित्र तानेपछि रेफ्रीले दिएको पेनाल्टी अवसर सेगुनले गोलमा परिणत गरी सदुपयोग गरेका हुन् ।
खेलको ४५औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले निकालेको क्रसबल राजु तामाङले सहजै गोल गरी खेल बराबरीमा पु¥याए । खेलको दोस्रो हाफमा सुरुआती मिनेटमै धरानका लागि सेगुनले व्यक्तिगत दुई गोल गरी गोलअन्तर कायम गरे । आर्मीका किपर राजु योगी बिट अवस्थामा तामाङले झन्डै २२ यार्डबाट फस्ट बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको हो । निर्धारित ९० मिनेटसम्म पनि धरानले २–१ को अन्तर कायम गरेपछि जित आफ्नो पक्षमा पा¥यो । धरानले हिमालयन शेर्पाका तीनजना खेलाडी पनि यसपालि भिœयाएको छ । खेलमा धरानका किपर किरण चेम्जोङ म्यान अफ द म्याच घोषित हुन सफल भए ।
धरानसँगको हारपछि आर्मीका प्रशिक्षक योगम्बर सुवालले खेलाडीहरूबीच तालमेल मिल्न नसक्दा पराजित हुनुपरेको स्विकारे ।
प्रतियोगितामा बिहीबार ब्रुनाईको फस्ट रोयल गोर्खा राइफल फुटबल टिम र सिम्रिक सरस्वती युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आउँदो सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल

काठमाडौँ । इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर

बागलुङ । अब शायदै भलिबल कोर्टमा देखिने छन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई

आजको प्रमुख समाचार