बोस्टनमा नाटकको सम्भावना खोजि

२२ फाल्गुन २०७०, बिहीबार ०५:५८ मा प्रकाशित

गोबर्धन पूजा, बोस्टन, अमेरिका । नेपाली नाटकले विश्व रंगमंच खोजिरहेको चर्चा गर्दै बोस्टनमा “सर्जकसंग एक साँझ” कार्यक्रम सम्पन्न भएको छ ।

सिर्जना उत्सव, बोस्टनले मंगलबार समर्भिलमा आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका नाटककार अशेष मल्लले अमेरिका लगायत विश्वका विभिन्न मुलकमा नेपाली नाटक मन्चन गर्न सकिने सम्भावना रहेको बताउनु भयो ।

उहाँले नेपाली रंगमंचले पार गरेको कहाली लाग्दो बिगतको स्मरण गर्दै यतिखेर यस क्षेत्रका साधकहरूको इमान्दारिताका कारण रंगमंचले ठूलो फड्को मार्न सफल भएको बताउनु भयो ।

उहाले नेपाली नाटक बिदेशी नाटकभन्दा कुनै पनि कुराले कमजोर नरहेको बताउदै बिदेशमा बस्ने सर्जकलाई नाटकमा कलम चलाउन आग्रह पनि गर्नु भयो ।

कार्यक्रममा डा. सावित्री मल्ल कक्षपतिले विदेशमा बसेर कलम चलाउँदै आएका स्रष्टाको लेखनको प्रशंसा गर्दै उनीहरूले नेपाली माटोकै सुभाष लेख्नु गौरवको कुरा रहेको बताउनु भयो ।

यसैगरि टेक्सासको ह्युसटनमा रहेर लामो समयदेखि नेपाली साहित्यका विविध विधामा कलम चलाउदै आएकी गंगा लिगलले बिदेशमा साधनारत लेखकको खोजि गर्न समालोचकहरूले त्यति तत्परता नदेखाएको बताउदै नेपाली भाषा र साहित्यमा लागेका सर्जकलाई खोजि गर्न ढिलो गर्न नहुने बताउनु भयो ।

अमेरिकाको नर्थ क्यारोलिनामा बसेर साधनारत “अर्की आइमाई” उपन्यासको चर्चाले पाठकमाझ लोकप्रिय बनेकी नीलम कार्की निहारिकाले बिदेशी भूमिमा नेपाली भाषा र साहित्यमा लागेका सर्जकको भाषा प्रतिको माया अबर्णनिया रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली नाटक र रंगमंचमा सक्रिय चर्चित सर्जक कृष्ण शाह यात्रीले भाषा र साहित्यलाई भौगोलिक सीमानाले छेक्न न सक्ने बताउँदै बिदेशमा बसेर बाल साहित्यका क्षेत्रमा कलम चलाउने स्रष्टाको बर्षमा एउटा पुस्तक आफ्नो प्रकाशन गृहबाट प्रकाशन गर्ने सोच बनाएको बताउनु भयो ।

कार्यक्रममा साहित्यकार मल्ल, लिगल, डा. कक्षपति, यात्री तथा नीहारिकालाई पश्मिनाको सल ओढाएर सम्मान गर्दै रात्रिभोजको आयोजना पनि गरिएको थियो ।

साहित्यकार दिनेश राजभण्डारीको सभापतित्वमा सम्पन्न समारोहमा डा. शिव गौतम, भारती गौतम, गोवर्धन पूजा, महेश्वर पन्त, दीपा राई पुन, सुरेश वाग्ले, ममता कर्माचार्य, रोशनी खनाल, बिभिषन कुंवरलगायतले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

आजको प्रमुख समाचार