अब सूचना लुकाउन नपाइने

२२ फाल्गुन २०७०, बिहीबार ०३:०५ मा प्रकाशित

काठमाडौं, २२ फागुन । सूचना लुकाउँदै आएका बैंक तथा वित्तीय संस्थाहरूले अबदेखि नियमिति सूचना प्रवाह गर्नुपर्ने भएको छ। त्यसरी प्रकाशन गरेको सूचना आफ्नो वेबसाइटमा राख्नुका साथै कसैले मागेको बेलामा तुरुन्त उपलब्ध गराउनुपर्नेछ । त्यसका साथै सबै बैंक तथा वित्तीय संस्थाले कार्यालयकै कर्मचारी र सम्बन्धित क्षेत्रमा दक्षता भएको व्यक्तिलाई नियुक्त गर्नुपर्नेछ। बैंकिङ कारोबारबारे जनताले सही सूचना पाउन नसकेको, बैंकिङ कारोबार अपारदर्शी भएको तथा मनोपोली रूपमा बैंक तथा वित्तीय संस्था चलाउने गरेकोलगायतका जनगुनासो आएपछि सबै वित्तीय संस्थाले सूचना अधिकारी तोकी जनताले मागेको सूचना उपलब्ध गराउन राष्ट्र बैंकले गत शुक्रबार निर्देशन दिएको हो। उसले आफ्नो निर्देशनमा भनेको छ, ‘बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अनिवार्य रूपमा सूचना अधिकारी तोकी त्यसको जानकारी दिन निर्देशन जारी गर्दछ।’
राष्ट्र बैंकले राष्ट्रिय सूचना आयोगको आग्रहमा सूचनाको हकसम्बन्धी ऐनअनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई सूचना अधिकारी तोकेर सूचनाको अद्यावधिक र प्रकाशन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकले ‘सम्बन्धित संस्थाहरूले सूचना अधिकारी यथाशीघ्र तोकेर उसको नाम, पद, सम्पर्क नम्बर र इमेल ठेगाना पठाउन सार्वजनिक गर्नुका साथै राष्ट्र बैंकलाई जानकारी गराउन पनि भनेको छ। बैंक तथा वित्तीय संस्थाहरूलाई प्रत्येक तीन महिनामा सूचना अद्यावधिक गरी प्रकाशन गर्ने व्यवस्था मिलाउन पनि भनेको छ। साथै त्यसरी प्रकाशित गरेको सूचना आफ्नो वेबसाइटमा राख्नुका साथै राष्ट्रिय सूचना आयोगलाई नियमित रूपमा पठाउन पनि राष्ट्र बैंकले भनेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुलाई फिर्ता नबोलाएको प्रष्ट पारेका छन् ।

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उनको पार्टीको दर्ता नम्बर १८७

आजको प्रमुख समाचार