‘नेपाली युवतीका बारेमा सत्यतथ्य सार्वजनिक गर’

२१ फाल्गुन २०७०, बुधबार १६:१८ मा प्रकाशित

बिराटनगर, २१ फागुन । बीस वर्षीया नेपाली युवती नेपाल–भारत सीमा क्षेत्रको भारतीय भूमिमा मृत फेला परेको घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै बिराटनगरमा प्रदर्शन भएको छ ।
विराटनगर उपमहानगरपालिका– २०, मिल्स एरिया बर्मा टोल निवासी चन्देश्वर विश्वकर्माकी सुस्त मनस्थिति भएकी छोरी सुषमा विश्वकर्मा भारतीय भूमिमा मृत फेला परे छि सत्यतथ्य सार्वजनिक गर्न माग गरेर स्थानीयवासीले आज (बुधबार) इलाका प्रहरी कार्यालय रानीमा प्रदर्शन गरेका हुन् ।
फागुन १८ गते साँझ एक्कासि घरबाट हराएकी सुषमा १९ गते बिहान नेपाल–भारत सीमा क्षेत्रको भारतीय भूमिमा हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् ।
विराटनगर–२२ सँग सीमाना जोडिएको भारतको अररिया जिल्लाको जोगवनी नगर पञ्चायतअन्तर्गत पर्ने भेडियारी भन्ने ठाउँँमा सुषमाको शव फागुन १९ गते फेला परेको थियो ।
घटना भएको तीन दिन बित्न लाग्दा पनि नेपाल र भारतका प्रहरीले हत्याको कारण के भन्ने खुलाएका छैनन् ।
सुस्त अपाङ्गता भएकी सुषमालाई कसैले आइतबार साँझ अपहरण गरेर सामूहिक बलात्कार पछि हत्या गरेको आशंका स्थानीयको छ ।
इलाका प्रहरी कार्यालय रानीका निरीक्षक अनिल पौडेलले घटना भारतीय भूमिमा भएको भन्दै अनुसन्धान पनि भारतीय प्रहरीले नै गरिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

बेइजिङ् । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी

आजको प्रमुख समाचार