क्यालिफोर्निया न्यान्सको पिक्निक विभिन्न मनोरंजनका साथ सम्पन्न

१२ बैशाख २०६९, मंगलवार १८:४० मा प्रकाशित

ध्रुव थापा, क्यालिफार्निया, १२ बैशाख । उत्तरी क्यालिफोर्नियाको नेपालीहरुको साझा चौतारिको रुपमा चिरपरिचित संस्था नेपाल एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाको आयोजनामा विविध कार्यक्रमका साथ पिकनीक सन् फ्रान्सिस्को स्थित गोल्डेन गेट पार्कमा विभिन्न मनोरन्जनात्मक खेलहरुका साथ भलिबल खेलर र दोहोरी गाएर बडो हर्षका साथ सम्पन्न भएको छ।

यस क्षेत्रमा रहेका सम्पुर्ण संघ संस्थाहरुका पदाधिकारीहरु देखि सर्बसाधारणको उल्लेखनिय उपश्थिति रहेको यस बनभोज कार्यक्रमको संयोजक चन्द्र शेरचनले गरेका थिए भने न्यांसका सम्पूर्ण पधाधिकारी तथा स्वयम्सेवकको सकृयतामा स्वादिस्ट नेपाली भोजन तथा कुखराको बार बे क्यु ले सबैलाई आकर्षित पारेको थियो । नया बर्षको शुभकामना तथा आपसी परिचय तथा सदभावना विकास गर्ने उदेश्यले यस बनभोजको आयोजना गरेको जानकारी संस्थाका महा सचिव शुरेन्द्र मल्लले दिएका थिए ।

विभिन्न मानोरन्जनात्मक कार्यक्रमा विविध प्रतियोगोतिताहरु, साना नानीहरु देखी भद्र महिलाहरुको समेत आयोजना गरिएको थियो भने न्यासका अध्यक्षहरुको NANC Presidents team र बे एरियाका संघ सस्थाका अध्यक्षहरु र प्रतिनिधिहरुबीच एक मनोरन्जनात्मक भलिबल खेल को समेत आयोजना गरिएको थियो जसमा न्यान्स कै टिमले विजय हासिल गरेका थिए । त्यस बाहेक अन्य संघ संस्थाको बिचमा भएको खेलमा तमु समाज बिजयी बनेका थिए भने अन्य विभिन्न रोचक खेल तथा मनोजन्म उपस्थित धेरैले बडो चाख लिएर मनोरन्जन लिएको भान हुन्थ्यो ।

आजको यस पिकनिक कार्यक्रममा नया वर्षको शुभ सन्देशको आदान प्रदानका साथ दिन भरिनै मनमोहक मौसमका कारणले उपस्थित लगभग ६ सयको हाराहरिमा विभिन्न क्षेत्र र संस्थाका तर्फबाट आएका सहभागिहरुले भरपुर मनोरन्जन लिएका थिए । हरेक बर्ष न्यान्सको पिकनिकमा पटलकको रुपमा ल्याएका विभिन्न नेपाली परिकारहरुकासाथमा आयोजकको तर्फबाट तयार पारिएको चिकेन बारबेक्युले सबैलाई आर्कषित पाथ्र्यो भने गत बर्ष देखि न्यान्सका पदाधिकारीहरुले कसैलाई पनि पटलक ल्याउन आहवान नगरेको जानकारी सस्थाका अध्यक्ष घन प्रसाद दवाडीले जनाएका थिए । सबै खाना र चिकेन बारबेक्यु समेत संस्थाकै तर्फबाट तयार पारिएको थियो, तर नेपालीको मनै ठुलो उपस्थित धेरैले सहयोग स्वरुप चन्दा भने प्रदान गरेका थिए साथै ब्यक्तिगत तथा संस्थागत रुपमा पनी आर्थिक सहयोग प्राप्त भएको जानकारी संयोजक शेरचनले जानाएका छन् , साथै स्थानीय व्यवसायीहरुले समेत आर्थिक तथा विभिन्न खेलको प्रयोजन तथा गिफ्ट सर्टिफिकेट प्रदान गरेका थिए ।

त्यसैगरि खेलहरुको आयोजनामा सुरेन्द्र मल्ल श्रीजना उप्रति संगीता शर्मा, रबि अधिकारि, अशोक गौतम, हरि कार्की निकै सकृय देखिन्थे भने अन्य व्यवस्थापनमा अध्यक्ष दवाडी लगायत आयोजक मध्येका प्रेम लामा, रामबाबु आचार्य, दावा तामांग, सुरज गुरुङ, लगायत सम्पूर्ण पधाधिकारी तथ यस क्षेत्रका धेरै समाज सेवीहरु जो जहिलेपनि यहाँका कार्यक्रमहरुमा सकृय देखिन्थे वहाहरुपनि निक्कै सहयोगीको भावले कार्यक्रमलाई सफल बनाउन तल्लिन देखिन्थे ।

जे होस दिनभरकै माहोल बडो रमाइलोका साथ वितिरहेका थियो जस्मा केहि युवाहरु बारबेक्युमा व्यस्त थिए भने कोहि आफनै साथीभाई हरुको गफमा मग्न थिए । त्यसैले समग्र रुपमा भन्ने हो भने यो कार्यक्रम भव्य रुपमा सफल भएको थियो । विहान करिब १० बजे देखिनै पार्कमा रौनकता छाएको थियो भने साँझ भई सक्दा पनि धैरे आफनै तालमा र डिजे लाक्पाको तालमा नाच्न, गाउन, खेल्न र रमाउनमा व्यस्त थिए । यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई र ग्रेटर बे एरियाका नेपाली समाज र संघ संस्थालाई आयोजकको तर्फ बाट संस्थाका अध्यक्ष घन प्रसाद दवाडीले बिसेष धन्यबाद ज्ञापन गर्दै यस बर्षको बनभोज कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु