‘कांग्रेस सहमतिमै संविधान जारी गर्ने पक्षमा छ’

२१ फाल्गुन २०७०, बुधबार १२:४० मा प्रकाशित

काठमाडौं, २१ फागुन । उपप्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस सहमतिमै नयाँ संविधान जारी गर्ने पक्षमा दृढ रहेको बताएका छन् ।
गुल्मीमा आज (बुधबार) कांग्रेस पार्टी कार्यालयमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सिंहले नयाँ संविधान सहमतिको दस्तावेजका रुपमा आउनु पर्ने बताए । ‘कांग्रेस नयाँ संविधानलाई सहमतिको दस्तावेजका रुपमा ल्याउन चाहन्छ,’ उनले भने, ‘सहमति हुन नसके प्रक्रिया मार्फत भए पनि संविधान ल्याउनु पर्ने बाध्यता छ ।’
उनले ताकिएको समयसीमा भित्रै नयाँ संविधान जारी गर्नुपर्ने पनि दोह¥याए । ‘सबै दलहरुको जिम्मेवारी तोकिएको समयमा नयाँ संविधान जारी गर्ने हो,’ उनले भने, ‘दलहरु मिलेर जानुको बिकल्प पनि छैन ।’
संविधानसभा नियमावलीको मस्यौदा बनाउने विषयमा बिवाद देखिएकोमा उपप्रधान मन्त्री सिंहले असन्तुष्टि जनाए । उनले एमालेलाई अनावश्यक बिवाद सृजना नगर्न आग्रह पनि गरे । ‘नियमावली बनाउन सहमति हुन नसके मतदानबाट टुङगो लगाउँछौं,’ उनले भने ।
एमाओवादी नयाँ संविधान जारी गर्न असफल भएकाले जनताले यस पटक कांग्रेसलाई ठूलो दल बनाएको सिंहको भनाई थियो । ‘अघिल्लो पटक एमाओवादीले नयाँ संविधान बनाउन सकेन,’ उनले भने, ‘यस पटक जनताले कांग्रेसलाई दायित्व दिएका छन् ।’
यसैबीच, कांग्रेस महामन्त्री समेत रहेका उपप्रधानमन्त्री सिंहले मन्त्रिपरिषदले २६ जना सभासद छिट्टै मनोनयन गर्ने बताए । उनले २६ जना सभासद मनोनयन गरेर संविधानसभालाई पूर्णता दिई संविधान लेखनमा दलहरु केन्द्रित हुने उल्लेख गरे । तस्वीर सौजन्य यूपी लामिछाने

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र