प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण : चन्द

२१ फाल्गुन २०७०, बुधबार १२:२१ मा प्रकाशित

रामकुमार श्रेष्ठ


नवलपरासी, २१ फागुन । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री सुशील कोइरालाले ‘टनकपुर’का विषयमा दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीले आज (बुधबार) परासीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव चन्दले प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार पूर्ण रहेको बताए । ‘टनकपुर भारतको हो भन्नु प्रधानमन्त्री सुशील कोइरालाको अभिव्यक्तिले राष्ट्रियता झन् खतरामा परेको छ,’ उनले भने ।
केही दिन अघि प्रधानमन्त्री कोइरालाले गृह जिल्ला बाँकेमा टनकपुर भारतको रहेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिको बिरोध समेत भएको थियो ।
उनले माओवादीको दशबर्षे जनयुद्धका मुद्दालाई त्याग्न नसकिने बताएका छन् । ‘जनयुद्धका मुद्दालाई भूल्न सकिँदैन,’ उनले भने, ‘अब संघर्ष गर्दा सशस्त्र संघर्षसम्ममा पुग्न सकिने गरेर गर्नु पर्छ ।’
सहमतिका लागि सर्वपक्षीय र सर्वदलीय गोलमेच सम्मेलनको गर्नु पर्ने माग पनि उनले गरे । ‘प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्डलगायतसंग सर्वपक्षीय गोलमेच सम्मेलनमा छलफल चलिरहेपनि ठोस ढंगले अगाडि बढ्न सकिएको छैन,’ उनले भने ।
उनले आफूहरु दीर्घकालीन निकास निकाल्नका लागि छलफल गर्न समेत तयार रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाई बनोटमा हेरफेर गर्न स्वीकृति दिने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा