अन्तर्राष्ट्रिय व्यापार मेलाका सबै स्टल बुकिङ

२१ फाल्गुन २०७०, बुधबार ०७:०४ मा प्रकाशित

काठमाडौं, २१ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा राखिने ३ सय ५० स्टलमध्ये प्रायः सबै स्टल बुकिङ भइसकेको महासंघले जानकारी दिएको छ ।
बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सो व्यापार मेलामा भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्यान्डलगायतका देशका कम्पनी तथा चीन, जापान, थाइल्यान्डलगायतका खरिदकर्ताहरूले मेला अवलोकन गर्नेछन् ।
हालसम्म स्वदेशी २ सय, बंगलादेश ८२ ओटा, पाकिस्तान १६, भारत पाँच, भुटान दुई, थाइल्यान्ड दुईओटा स्टल बुकिङ भएको आयोजकले बताएको छ । मेलामा हर्बस एन्ड हर्बल एक्सो, जेम्स एन्ड ज्वेलरी सो, विशेष आकर्षणमा हस्तकलाका सामग्री, बंगलादेश, पाकिस्तान, चाइनाका पेभिलियनहरू, नेपाली महिला उद्यमीहरूद्वारा तयार गरिएका सामग्रीहरू र ओभीओपी सामग्री रहनेछन् ।
जडीबुटी मेलाका लागि स्टल बुकिङ लगभग सकिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने मेला २६ फागुनसम्म चल्नेछ । नेपाल सरकारको सहयोगमा हुने मेलामा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातयोग्य भनी पहिचान गरेको १९ ओटा निर्यात सम्भाव्यता भएका वस्तु तथा सेवाहरू एनटीआईएसको प्रचार–प्रसार तथा तीनको अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तक्र्रिया गराउने लक्ष्य मेलाको छ । महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीबुटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन् भने महासंघका सदस्यहरू नेपाल सुनचा“दी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभूषण संघको मेलामा सहभागिता रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ