रसियालाई अमेरिकी सैनिक सहयोग बन्द

२१ फाल्गुन २०७०, बुधबार ०७:०० मा प्रकाशित

एजेन्सी


किभ, २१ फागुन । अमेरिका र रसियाका बीचमा हुँदै आएको सैनिक सहयोग र आदानप्रदानसम्बन्धी कार्य अमेरिकाले तत्कालका लागि स्थगित गरेको बताइएको छ ।
हालै मात्र युक्रेनमा भएको विद्रोहपछि युक्रेनको क्रिमियाली प्रायद्विपमा रसियाले सेना पठाएको भन्दै अमेरिकाले एकतर्फी रूपमा सो सैनिक सहयोग र समन्वयको काम बन्द गर्ने बताएको हो ।

सोमबार राति अमेरिकी रक्षा मन्त्रालयले सो जानकारी गराएको हो । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता रियर एडमिरल जोन किर्बीले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । ‘अमेरिका र रसियाली सैनिकका बीचमा हुँदै आएको सहयोग र समन्वयको काम बन्द गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
युक्रेनको क्रिमिया प्रायद्विपमा हालै रसियाले गरेको सैनिक हस्तक्षेपको विरोध गर्दै अमेरिकाले सो सैनिक समन्वयको काम हालका लागि स्थगित गरेको समाचारमा जनाइएको छ ।

सो समाचारमा जनाइएअनुसार यसअघि पनि अमेरिकी र रसियाली राष्ट्रपतिका बीचमा युक्रेनका विषयमा वार्ता भएको र सो वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाले युक्रेनमा सेना नपठाउन आग्रह गरेका थिए ।

तर पनि त्यसविपरीत रसियाले युक्रेनमा सेना पठाउने निर्णय गरेकाले अमेरिका बेखुुस भएको थियो । जसका कारण रसियाका विरुद्धमा जी–७ का नेताहरूले पनि सोमबार विज्ञप्ति प्रकाशन गरी रसियाको विरोध गरेका थिए ।

युक्रेनमा रसियाले सेना पठाउनु युक्रेनको सार्वभौमिकता र स्वतन्त्रतामाथिको हनन भएको विश्व समुदायमा बताइएको छ । यस विषयमा रसियाले भने पछिल्ला दिनमा कुनै प्रतिक्रिया दिएको छैन ।

साथै, युक्रेनले पनि क्रिमियामा अशान्ति भएको निहँमा रसियाले आफ्नो देशको स्वतन्त्र अस्तित्वमा नै धावा बोलेको भन्दै त्यसको कडा शब्दमा विरोध गरेको छ । युक्रेनमा हालै भएको विद्रोहपछि भागेका राष्ट्रपति भिक्टोर यानुकोभिचले युक्रेनको नयाँ नेतृत्वलाई मान्यता नदिन आग्रह गरेलगत्तै युक्रेनको क्रिमिया प्रायद्विपमा हतियारधारीहरूको हमला सुरु भएको हो ।

रसियाको संसद्ले युक्रेनको क्रिमिया क्षेत्रलाई बचाउनका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई जस्तोसुकै उपाय अवलम्बन गर्न पनि अधिकार दिएको थियो । केही दिनअघि दिइएको सो अधिकारका आधारमा सेना पठाउन लागिएको हो ।

युक्रेनमा गत साता विद्रोह भएको थियो । सो विद्रोहबाट पूर्वराष्ट्रपतिलाई हटाइएको थियो । विपक्षीहरूले संसद् कब्जा गरी सो निर्णय गरेका थिए ।
हाल त्यहाँको राजनीतिक अवस्था अस्थिर रहेको छ । तर, त्यहाँ भएको हतियारधारीहरूको आक्रमण रसियाको सहयोगमा भएको युक्रेनले बताउँदै आएको छ । विश्व समुदायले युक्रेनको पछिल्लो विद्रोहले विश्व राजनीतिमा नै तरंग ल्याएको बताएका छन् ।

केरी युक्रेनमा

यसैबीच, युक्रेनमा जारी रहेको यस विवादकै बीच अमेरिकी विदेशमन्त्री जोन केरी मंगलबारै युक्रेन जान लागेको समाचार छ । उनले मंगलबारै युक्रेनको भ्रमण गर्न लागेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । भ्रमणको समयका बारेमा भने केही जानकारी दिइएको छैन ।

युक्रेनको हालको नेतृत्वका लागि नैतिक बल दिनका लागि उनले सो भ्रमण गरेको समाचारमा जनाइएको छ । युक्रेनमा गत साता भएको सो विद्रोहपछि त्यहाँको सरकारलाई मान्यता दिनका लागि गरेको यो नै सबैभन्दा उच्च विदेशी अधिकारीको भ्रमण हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्

वोगोटा । दक्षिण पश्चिमी कोलम्बियाको एउटा कारगारमा दंगा सुरु भएपछि आगलागी हुँदा ४९ जना कैदी मारिएका छन् । अरु ३०

किभ । रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनको पोल्तावा सहरस्थित औद्योगिक क्षेत्रमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । क्रेमेन्चुक

मस्को । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी र छोरीलाई रुस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३