शंकरदेव स्ववियु सभापति हतियारसहित पक्राउ

२१ फाल्गुन २०७०, बुधबार ०६:४७ मा प्रकाशित

काठमाडौं, २१ फागुन । शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति शुभराम बस्नेतलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । स्वयम्भू प्रहरीले उनलाई सीतापाइलाबाट म्याग्नम टुटु एक थान र त्यसमा लाग्ने गोली ११ राउन्डसहित पक्राउ गरेको हो ।
प्रहरीले सीतापाइलास्थित फस्कु चोकबाट बा१ज ७६७० नम्बरको ट्याक्सीमा उनीसहित पाँचजनालाई हतियारसहित पक्राउ गरेको हो । भीमढुंगाबाट सीतापाइलातर्फ आइरहेको ट्याक्सीलाई चेकजाँच गर्ने क्रममा ट्याक्सीमा रहेका बस्नेत र उनका सहयोगीलाई पक्राउ गरेको हो । सो ट्याक्सीबाट मालिगाउँ बस्ने ४५ वर्षीय लीलाबहादुर खड्काको साथबाट म्याग्नम १ थान, त्यसको गोली ४३ राउन्ड, सर्ट गन १ थान, त्यसको गोली १६ राउन्ड फेला परेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

आजको प्रमुख समाचार