काठमाडौं संसारकै चौथो सस्तो सहर

२१ फाल्गुन २०७०, बुधबार ०६:४२ मा प्रकाशित

काठमाडौं, २१ फागुन । सन् २०१४ मा काठमाडौं बस्नका लागि विश्वकै चौथो सस्तो सहर बनेको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले विश्वभरका मानिसहरूको जीविकोपार्जनको खर्चमा गरेको सर्वेक्षणमा राजधानी काठमाडौं विश्वमा नै चौथो सस्तो सहर बनेको हो ।

काठमाडौंसँगै गृहयुद्धले तहसनहस भएकामध्ये पूर्वमा रहेको सिरियाको राजधानी दमास्कस पनि विश्वका सस्ता सहरमा चौथो स्थानमा रहेको छ । न्युयोर्कलाई आधार रेखा मानेर विश्वका १ सय ३१ सहरमा गरिएको सो सर्वेक्षणमा भारतको मुम्बई विश्वमा नै सबैभन्दा सस्तो सहर बनेको छ । त्यस्तै, पाकिस्तानको कराँची र भारतकै नयाँ दिल्ली क्रमशः दोस्रो र तेस्रो सस्तो सहर बनेका छन् ।

सो सर्वेक्षणअनुसार सिंगापुर सबैभन्दा महँगो सहर सिद्ध भएको छ । सिंगापुर लुगा किन्नका लागिसमेत विश्वमा नै सबैभन्दा महँगो सहर सावित भएको छ । मूल्यवृद्धि र बलियो मुद्राका कारण सिंगापुरलाई सो स्थानमा पु-याएको बताइन्छ ।

गत वर्ष सबैभन्दा महँगो बनेको सहर अहिले छैटौं स्थानमा झरेको छ भने दोस्रो र तेस्रोमा क्रमशः पेरिस र ओस्लो बनेका छन् ।
त्यस्तै, जुुरिच, सिड्नी र भेनेजुयला क्रमशः चौथो, पाँचौं र छैटौं महँगा सहर भएको सो सर्वेक्षणले देखाएको छ । त्यस्तै, जेनेभा र मेलबर्न पनि छैटौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या आएको छ । निरन्तर परेको पानीले

काठमाडौं । झापा क्षेत्रमा भारी वर्षा भएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे,