किसानलाई समयमा नै मल र बिउ उपलब्ध गराउने कृषि मन्त्रीको भनाइ

१२ बैशाख २०६९, मंगलवार १७:५२ मा प्रकाशित

काभ्रे, १२ बैशाख । कृषि तथा सहकारी मन्त्री अकवाल अहमद शाहले किशानहरुलाई समयमै मल र बिउ उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले अहिलेको समय किसानलाई मल र बिउविजन अत्यावश्यक हुने भएकोले आफूले किसानहरुलाई समयमानै मल र बिउ उपलब्ध गराउने बताउनुभएको हो । आज काभ्रेको धुलिखेलमा शान्ति जनआदर्श सेवा केन्द्रले सञ्चालन गर्न लागेको महिला तथा बालबालिकाहरुको जीवनस्तर सुधारको लागि सृजनात्मक कृषि कार्यक्रम तथा बजारसम्बन्धी स्थापना परियोजनाको शुभारम्भ गर्दै कृषि तथा सहकारी मन्त्री शाहले किशान भूमिसँग जोडिएकोले मल र बिउ उपलब्ध गराउने आफ्नो जिमेबारी भएको बताउनुभयो । नेपालमा महङ्गो किनेर सस्तो बेच्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री शाहले आफ्नो कार्यकालभरि बजारलाई सुधार्ने बताउनुभयो । तीन वर्षसम्म सञ्चालन गर्ने परियोजना काभ्रेका मंगलटार, भिमखारी, कटुन्जे र च्यासिङखर्कमा सञ्चालन गर्ने शान्ति जनआदर्श सेवा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर