वैद्य पक्षको क्रियाकलाप पार्टी नीति विपरित र अराजक: हरिबोल गजुरेल

१२ बैशाख २०६९, मंगलवार १७:५२ मा प्रकाशित

धनकुटा, १२ बैशाख । एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले अपेक्षाअनुसारको मन्त्रीपद नपाएपछि उपाध्यक्ष मोहन वैद्यले अनेक वहानामा पार्टिभित्र गाईजात्रा सुरु गरेको आरोप लगाउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घले धनकुटामा गरेको पत्रकार सम्मेलनमा नेता गजुरेलले विद्रोहमा जाने भन्ने वैद्यको भनाइ दिवास्वप्न मात्रै भएको बताउनुभयो । उपाध्यक्ष वैद्यले भने जस्तो विद्रोहमा कसैले साथ नदिने भन्दै आफूसँग जनताको साथ छ भन्ने भ्रम भए त्यागिदिन आग्रह गर्नुभयो । पार्टीभित्रबाट एक्लिँदै गएका वैद्यको समूहमा केही समयपछि कार्यकर्ता नभई नेतै नेता मात्रै बाँकी हुने गजुरेलको जिकिर थियो । उपाध्यक्ष वैद्य अनावश्यक तर्क गरेर पार्टी टुक्राउने, शान्ति र संविधान लेखनको काम अघि बढ्न नदिन कम्मर कसेर लागि परेको भए पनि शान्ति, संविधान र पार्टी हित विरोधी उहाँको उद्देश्य रहेकोले जनताले साथ नदिने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्