गोहीका कारण खोजी कार्यमा कठिनाइ

२० फाल्गुन २०७०, मंगलवार १५:२६ मा प्रकाशित

धनगढी, २० फागुन । कैलालीको मोहना नदीमा रहेका गोहीले झम्टी आक्रमण गर्न थालेपछि शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परी हराएकाको खोजी कार्यमा कठिनाइ भएको छ ।
तीन दिनदेखि घटनास्थलमा रहेका प्रहरी नायब निरीक्षक अर्जुनसिंह कार्कीले नदीमा पस्नासाथ गोही आक्रमण गर्न आउने गरेकाले खोजी कार्यमा कठिनाइ भएको बताए ।
नदीको बालुवा धस्सिने, पानी धमिलो भएको जस्ता कारणले समेत हराएकाको खोजीमा केही समस्या भएको कार्कीले बताए ।
डुङ्गा दुर्घटनामा परी हराएका लालबोझी गाविस वडा नम्बर ३ का ३५ वर्षीया चुनादेवी चमार, १८ वर्षीया बुकी लोनिया, १३ वर्षीया महिमत लोनिया, वडा नम्बर १ का २५ वर्षीय पुष्पा कठरिया र आठ वर्षका रुक्सर अलिको अवस्था अझै अज्ञात रहेको छ ।
खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का टोली प्रिचालित छन् ।
हराएका मध्ये हिजो नदी किनारमा दुई जनाको शव बालुवा र माटोले पुरिएको अवस्थामा फेला पारिएको थियो ।
घटना भएको भोलिपल्ट चार जनाको शव घटनास्थलमा भेटिएको समेत हालसम्म उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको

डुम्रिबोटे (उदयपुर) । अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

आजको प्रमुख समाचार