सप्तरीमा प्रहरी टोली माथि आक्रमण

२० फाल्गुन २०७०, मंगलवार १४:४९ मा प्रकाशित

राजविराज, २० फागुन । लुटिएको मोटरसाइकल बरामद गर्न खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा चार प्रहरी घाइते भएका छन् ।
मलेठ–९, जगदरीमा सोमबार राति आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक भगवानी ठाकुरको नेतृत्वमा रहेको टोलीमाथि जगदरी टोलका स्थानीयले लाठी, बाँसको फट्टाले आक्रमण गरेका हुन् ।
आक्रमणबाट प्रहरी सहायक निरीक्षक ठाकुरसहित, प्रहरी हवल्दार प्रदीप यादव, प्रहरी जवान रामप्रसाद यादव र गोपाल राजवंशी घाइते भएका छन् । घाइतेको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरी टोलीमाथि आक्रमण गर्ने मलेठ–९ का मोहम्मद कुदुस, मोहम्मद कलाम, मोहम्मद मासुम, मोहम्मद जयाबुललाई प्रहरीले गिरफ्तार गरेको छ ।
अन्य आधा दर्जनभन्दा बढी आरोपितको तीव्रताका साथ खोजी भइरहेको प्रहरी उपरीक्षक दिनेश अमात्यले बताए । आरोपितविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्धा चलाइने अमात्यले बताए ।
मलेठ–९ जगदरीस्थित मोहम्मद हैदरको घरमा लुटेर राखिएको को १५ प २४१० नम्बरको अपाचे मोटरसाइकलसमेत प्रहरीले सोमबार राति नै बरामद गरी ल्याएको छ ।
राजविराजबाट घरतर्फ जाँदै गरेका मलेठ–४ का छोटेलाल यादवलाई कुटपिट गरेर लुटपाट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका

काठमाडौँ । काठमाडौँमा हैजाका बिरामी बढ्दै गएका छन् । काठमाडौँ उपत्यकामाथलठ अहिलेसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि

काठमाडौं । राष्ट्रिय सभाको आज (शुक्रबार) को वैठकले बजेट आश्रित तीन वटै विधेयक पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुक्रबार बस्दै छ । सो बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा

आजको प्रमुख समाचार