संविधानसभा नियमावली मस्यौदा समितिको म्याद थप

२० फाल्गुन २०७०, मंगलवार १४:३३ मा प्रकाशित

काठमाडौं, २० फागुन । संविधानसभाले संविधानसभा नियमावली मस्यौदा समितिको कार्यावधि आउँदो २७ गतेसम्मका लागि थप गरेको छ ।
संविधानसभाको आज (मंगलबार) को बैठकले नियमावलीमा उठेका दुई÷तीनवटा विषयमा रहेको विवाद टुङ्ग्याउन बाँकी रहेको तथा छपाइलगायतका प्राविधिक काम सक्नेसमेत समय अपुग भएको भन्दै समितिको म्याद थपेको हो ।
संविधानसभा नियमावली मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको समय थपसम्बन्धी प्रस्ताव संविधानसभा बैठकमा पेस गरेका हुन् ।
प्रस्तावलाई सभाध्यक्ष सुवास नेम्वाङले निर्णयार्थ प्रस्तुत गर्दा सभाले स्वीकृति दिएको थियो । पहिलोपटक फागुन १० गतेसम्म समयावधि पाएको नियमावली मस्यौदा समितिले उक्त समयमा काम पूरा गर्न नसकेपछि हप्ता दिनका लागि समय थपिएको थियो ।
अवधिमा पनि संविधान प्रमाणीकरण तथा जारी, संविधानभित्र दबावमूलक समूह (ककस) गठन र ह्वीपलगायतका विषयमा सहमति जुट्न नसकेपछि फागुन १७ गतेदेखि लागू हनेगरी समयावधि थपिएको हो ।
‘कपितय विषयमा रहेका विवाद टुङ्ग्याउन पनि बाँकी छ,’ नियमावली मस्यौदा समितिका सभापति कर्णले, ‘नियमावली छपाइलगायतका काम गर्न पनि केही समय लाग्ने भएकाले समय थपका लागि प्रस्ताव गरेको छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत