दिल्लीमा नेपाली भाषी युवतलाई दुरव्यवहार

२० फाल्गुन २०७०, मंगलवार ११:०१ मा प्रकाशित

एजेन्सी


नयाँ दिल्ली, २० फागुन । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा नेपाली भाषी युवतीलाई भएको दुरब्यवहारको उजुरी लिन स्थानीय प्रहरीले आनाकानी गरेको छ ।
दिल्लीको वसन्त विहार इलाकामा रहेको प्रहरीले दार्जिलिङ्ग घर भएकी २५ बर्षीय युवतीलाई भएको दुरव्यवहारको उजुरी लिन नमानेको हो । प्रहरीले युवतीलाई निबेदन दर्ता नगराउन दबाव दिई रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आफूलाई दुरव्यवहार गर्ने युवकका बिरुद्धको उजुरी लिन वसन्त विहार इलाकामा रहेको प्रहरीले नमानेको युवतीको आरोप छ । आइतबार राति करीव दश बजे डीडी एन्ट्री क्षेत्रमा सो घटना भएको थियो । युवक बिरुद्धको उजुरी लिन प्रहरीले सोमबार सम्म पनि मानेको छैन ।
अपरिचित युवकले आफूलाई सडकमा हिँडी रहेका बेला पछाडिबाट आक्रमण गरेर पल्टाएको युवतीको भनाई छ । युवतीसँग रहेका दुई युवतीले पनि प्रहरीले दोषी युवकलाई पक्राउ गरेर कारबाही गर्न असहयोग गरिरहेको आरोप लगाए । युवकले युवतीलाई पक्राउ गरी सडकमा ढालेका थिए । त्यस लगत्तै उम्कन सफल युवतीले तत्काल प्रहरीको १०० नम्बरमा पनि जानकारी गराएकी थिईन् ।
स्थानीय प्रहरीले युवतीको उजुरीलाई दर्ता गरेर कारबाही अगाडि नबढाए पछि नेपाली भाषी भारतीयहरु आक्रोशित भएका छन् । प्रहरीको ब्यवहार बिरुद्ध कार्यालय अगाडि नेपाली भाषीहरुले प्रदर्शन समेत गरेको समाचारमा जनाईएको छ ।
घटनामा संलग्न युवकको हुलियाका बारेमा युतवीले निबेदनमा दिएकी छन् । यद्यपि युवक अहिले सम्म पक्राउ पर्न सकेका छैनन ।
दक्षिणी जिल्ला प्रहरी अधिकारीहरुका अनुसार आइतबार राति करीब साढे दस बजे सो घटना भएको हो ।
उनी कल सेन्टरमा काम गर्ने गर्छिन । दार्जिलिङ्ग निवासी ति युवती आफ्ना दुई साथीका साथ बाबा गंगनाथ मन्दिरको लेनबाट पैदलमा हिँड्दै थिईन् । आफ्ना साथीलाई छाड्न जाने क्रममा उनलाई सो घटना भएको थियो ।
दिल्लीमा युवती, महिला र बालिकाहरु दैनिक जस्तै बलात्कृत एवं अपमानित हुने गरेका उल्लेख्य घटना सार्वजनिक हुने गरेका छन् । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको भन्दै आलोचना समेत हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र