भ्याट छल्नेको नाम सार्वजनिक गर्न निर्देशन

१२ बैशाख २०६९, मंगलवार १७:५० मा प्रकाशित

काठमाडौ, १२ बैशाख ।सार्वजनिक लेखा समितिले मूल्य अभिवृद्धि कर भ्याट छल्नेको नामलगायत सम्पूर्ण विवरण सात दिनभित्र सार्वजनिक गर्न गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सामाजिक सुरक्षाका लागि विनियोजित रकम अन्यत्र नसार्न अर्थ मन्त्रालयलगायत सबै मन्त्रालयलाई निर्देशन पनि दिएको छ । समितिका सभापति रामकृष्ण यादवका अनुसार चालु आर्थिक वर्षको बजेट निकासा खर्च र रकमान्तरको मन्त्रालयगत विवरण यही वैशाख २० गतेभित्र समितिमा पठाउन पनि र्थ मन्त्रालयलाई निर्देशन दिएको छ । कानुनबमोजिम बाहेक कुनै किसिमको रकमान्तर एवम् शोधनान्तर नगर्न सरकारका सबै मन्त्रालयलाई आजको बैठकले निर्देशन दिएको सभापति यादवले जानकारी दिनुभयो । आजको बैठकले सम्पूर्ण विवरण मन्त्रिपरिषद्लाई जानकारी गराउने र तदनुरुप गर्न गराउन निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल