रोयल च्यालेन्जर्स बैंगलोर ४६ रनले विजयी

१२ बैशाख २०६९, मंगलवार १७:२१ मा प्रकाशित

कठमाडौ, १२ बैशाख । आइपिएल क्रिकेट अन्तगर्त गएराति भएको राजस्थान रोयल्स विरुद्धको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर ४६ रनले विजयी भएको छ । जितसँगै ७ खेल खेलेको बैंगलोर ८ अंक सहित छैटौं स्थानमा उक्लिएको छ । ८ खेल खेलेको राजस्थानको पनि ८ अंक छ । तर रनरेटका आधारमा रोयल च्यालेन्जर्स बैंगलोर चौथो स्थानमा छ । ६ खेलबाट ८ अंक बटुलेको दिल्ली पहिलो स्थानमा छ । पहिला ब्याटिङ गरेको बैंगलोरले तिलक रत्ने दिल्सनको नट आउट ७६ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । जवाफमा राजस्थान रोयल्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४३ रन मात्र बनायो । प्रतियोगिता अन्तर्गत आज दिउँसो सवा ४ बजे पुर्ण वारियर्स र दिल्ली डेयर डेभिल्स तथा सवा ८ बजे कोलकता नाइट राइडर्सर डेक्कन चार्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप लिग २ अघि आज  नेपाल र  क्यानडा एकदिवसीय क्रिकेट खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार राति पौने

काठमाडौँ । भारतसँगको पाँचौँं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इङ्ल्याण्डले उत्कृष्ट प्रदर्शन गरेको छ । चौथो दिनको समाप्तिमा ३७८

काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबमाथि शानदार जित हात पारेको छ । आइतबार राति ओन्टारियोलाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले शुक्रबार बेलुका गरेको एक ट्विटले सामाजिक सञ्जाल तताएको छ । सन्दीपले