झण्डै दुई करोडका भौतिक योजनाहरु निर्माण गरिने

१२ बैशाख २०६९, मंगलवार १७:२० मा प्रकाशित

धनगढी, १२ बैशाख । गरिवी निवारण कोषले यो वर्ष बैतडीका विभिन्न गाउ विकास समितीहरुमा झण्डै दुई करोड रुपैँया बराबरको भौतिक योजनाहरु निर्माण गर्ने वताएको छ । भौतीक योजना मध्ये कैलपाल र मेलौली गाविसमा ४८ लाख भन्दा वढीको लागतमा दुईटा लघु जलविद्युत, दुर्गाभवानी, देहिमाण्डौ, नागार्जुन, रोडीदेवल, कोटपेटरा, गाँजरी, सिलङ्गा, डिलासैनी, मठैराज र मल्लादेहि गरी ११ गाविसमा ९६ लाख ५९ हजारको लागतमा खानेपानी योजना निर्माण गर्ने लक्ष्य राखिएको कोषका जिल्ला कार्यप्रवन्धक बालकृष्ण विश्वकर्माले वताउनुभयो । त्यसै गरी गुरुखोला, दुर्गास्थान र थलाकाँडा गाविसमा २७ लाख ७० हजार भन्दा वढीको लागतमा ३ वटा विद्यालय भवन निर्माण गर्ने र मल्लादेहि, मठैराज र न्वालीमा २१ लाख ४६ हजारको लागतमा तीन वटा सिचाई योजना पनि निर्माण गर्ने लक्ष्यका साथ करीव २ करोड रुपैया निकासा भएको प्रवन्धक विश्वकर्माले वताउनुभयो । आय आर्जनका लागी जिल्लाका विभिन्न गाविसहरुमा ७५ वटा आय आर्जन समूहहरुमा तीन करोड रुपैया निकासा भएको अहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध