सल्यान सदरमुकाम खलङ्गामा खानेपानीका समस्या

१२ बैशाख २०६९, मंगलवार १७:१९ मा प्रकाशित

सल्यान, १२ बैशाख । गर्मी याम सुरभएसंगै सल्यान सदरमुकाम खलंगामा खानपानीको समस्या भएको छ । जिल्ला सदरमुकाम खलंगामा हरेक वर्ष गर्मीयाममा खानेपानीको समस्या हुने गरेको भए पनि समस्या समाधानको लागि कसैले ठोस पहल गर्न सकेको छैन । खानेपानी अभावका कारण खलंगामा पढ्न आएका विद्यार्थीहरुको पढाई समेत प्रभावित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाली सेनाको क्याम्पहरुमा दुई घण्टा टाढाको दुरीमा रहेको शारदा नदीबाट पानी ल्याएर प्रयोग गर्न थालेको २ महिना भइसकेको छ । सातामा एकदिन नुहाउनका लागि शारदा खोलामा जानुपर्ने बाध्यता भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख विकास देवकोटाले बताउनुभयो । पानीको माग वढ्दै जान थालपछि १ दिन विराएर त्यहाँका नागरिकले पानी उपयोग गर्ने गरेका छन् । खलंगा र सेजवालटाकुरा गाविसमा मात्रै दैनिक ३ लाख ३६ हजार लिटर पानीको माग भएपनि पानीको समस्याले गर्दा दैनिक दुइ लाख लिटर मात्र पानीको आपुर्ति गर्न सकिएको संस्थाका अध्यक्ष पुर्णचन्द्र राइले वताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल