अनेमसंघको अध्यक्षमा फेरि भण्डारी

१२ बैशाख २०६९, मंगलवार १७:१९ मा प्रकाशित

पोखरा, १२ बैशाख । नेकपा एमाले निकटको अखिल नेपाल महिला संघको छैटौं राष्ट्रिय समेलनले सर्वसम्मत रुपमा विद्या भण्डारीलाई फेरि अध्यक्षमा चयन गरेको छ । विवादकाबीच अध्यक्षमा निबर्तमान अध्यक्ष विद्या भण्डारीनै सर्वसम्मत रुपमा आगामी कार्यकालको लागी चयन हुनु भएको हो । सात जना उपाध्यक्ष ,एक जना महासचिव, नौ जना सचिव र एक जना कोषाध्यक्ष पछि बस्ने बैठकले चयन गर्ने बताइएको छ । छैटौं सम्मेलनमा विधान संसोधन गरेर उपाध्यक्षको संख्या सात र सचिवको संख्या नौ बनाइएको हो । छैठों सम्मेलनबाट सदस्यहरुमा गण्डकीबाट रेखा थापा, पदमा अर्याल, टुका हमाल, सीता सुन्दास ,सम्झना देबकोटा, भगबती न्यौपाने, सिता गिरी, मित्रकुमारी गुरुङ सुवेदी, सृजना शर्मा रहनु भएको छ । यस्तै बागमतीबाट माया कार्की, सरस्वती बस्नेत ,शुसीला सुवेदी ,रत्न गुरुङ, विन्दा ढुङाना ,रामकुमारी महजर्नन, तुलसी थापा, सावित्रा भुषाल ,शान्ति पाख्रिन जानकुका सिमखडा ,देबकी श्रेष्ठ,शान्ति अधिकारी लगायत रहनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव